न्यूज ब्यूरो समाचार प्रभाव : महोत्तरीको विद्यालयमा दिइयो शिक्षक दरबन्दीको सहमति
न्यूज ब्यूरो | महोत्तरी, १५ असार । महोत्तरीको एक विद्यालयमा विना शिक्षकको विद्यार्थीहरु विद्यालयमा गइरहेको भनेर समाचार प्रकाशित भएपछि सम्बन्धित निकायले शिक्षक दरबन्दीको लागि हरियो झण्डी दिएका छन् । गत जेठ ३० गते न्यूज ब्यूरो अनलाईनमा " विद्यालय राजनीतिक अड्डा, विना शिक्षकको विद्यार्थी " भनेर शिर्षकक

२०७५ असार १५ शुक्रबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी, १५ असार । महोत्तरीको एक विद्यालयमा विना शिक्षकको विद्यार्थीहरु विद्यालयमा गइरहेको भनेर समाचार प्रकाशित भएपछि सम्बन्धित निकायले शिक्षक दरबन्दीको लागि हरियो झण्डी दिएका छन् ।
गत जेठ ३० गते न्यूज ब्यूरो अनलाईनमा "विद्यालय राजनीतिक अड्डा, विना शिक्षकको विद्यार्थी" भनेर शिर्षकको समाचार समाजिक सञ्जालहरुमा प्रकाशन प्रकाशित भएपछि सम्बन्धित निकायका सरोकारबालाले शिक्षक दरबन्दीको लागि विज्ञापन खुल्ला गर्ने सहमति दिएको महोत्तरीबाट हाम्रा सहकर्मी रजनीश झाले जानकारी गराए ।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ३ स्थित रहेको ज.उ.मा.वि. मडई उग्रपट्टी विद्यालयमा ४ शिक्षकको दरबन्दी रहेपनि विगतदेखि नै विना शिक्षकको जसोतसो चल्दै आएको छ ।
२०७४ मंसिर देखि २०७५ अषाढ सम्म को ८ महिना को अन्तरालमा चार पटकको निबेदन पश्चात् खाली रहेको ४ शिक्षकको पदपूर्तिको लागि बिज्ञापनको सहमती दिएको बताइएको छ ।
विद्यालयमा शिक्षकको पदपूर्तिको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीलिप पाण्डेले निरन्तर दबाब तथा ध्यानाकर्षण गराएपनि स्थानीय तहको बेतिथि र बेहाल व्यवस्थापनका कारण झण्डै ८ महिनापछि शिक्षक पदपूर्तिको लागि कदम चालिएको हो ।
यसअघि समितिले शिघ्र शिक्षकको दरबन्दीको लागि विज्ञापन खुल्ला नगरे न्यायलयको शरणमा जाने चेतावनी न्यूज ब्यूरो मार्फत दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…