विदेश पठाउने नाममा ठगी गर्ने जनकपुरका दुई जना पक्राउ
राजुले २ जनाबाट ६ लाख ३० हजार रुपैयाँ र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।

२०८१ पुस ४ बिहीबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विदेश पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजकुमार चौधरी, महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय रुपेश कुमार चौधरी छन् । उनलाई क्रमशः काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।
राजुले २ जनाबाट ६ लाख ३० हजार रुपैयाँ र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…