विदेश पठाउने नाममा ठगी गर्ने जनकपुरका दुई जना पक्राउ 

२०८१ पौष ४ बिहीबार
बिहान ०८:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  विदेश पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजकुमार चौधरी, महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय रुपेश कुमार चौधरी छन् । उनलाई क्रमशः काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

राजुले २ जनाबाट ६ लाख ३० हजार रुपैयाँ र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।

  • 0%
  • 2%
  • 58%
  • 0%
  • 0%
  • 0%

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साह र रजिष्टार डा. यादव सम्मानित

  • २०८१ पौष ४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर शाह र रजिष्ट्रार प्रा. डा. विनोदकुमार यादवलाई कदर गर्दै सम्मान गरिएको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले

पूरा पढ्नुहोस्

Bureau Menus