रामपरी देवीको हत्यामा अन्य जना हुन सक्छ, एक्लै गर्न सक्ने अवस्था छैनः एसपी तिवारी
घटनास्थलमा हत्या घाँटी छिनाएको स्थानदेखि शव राखिएको २०५ मिटरसम्म घिसारिएको देखिएको छैनन् । घटनास्थलमा पत्रकारहरुको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । घाँटी काटेको स्थानदेखि शव फेला परेको स्थानसम्म उठाएर लगिएको देखिएको छ । एक्लो सगम पासवानले मृतकलाई उठाउन सक्ने अवस्था देखिदैनन् ।

२०८१ पुस ३ बुधबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा घाँटी काटेर रामपरी देवी ठाकुरको हत्या प्रकरणमा धनुषाका एसपी भुवनेश्वर तिवारीले थप जना हुन सक्ने आशंका जनाएका छन् ।
घटनाको प्रकृति हेर्दा एकजनाले मात्र घाँटी छिनाउन सक्ने अवस्था नदेखिएको भन्दै अन्य जना हुन सक्ने बताएका छन् । सो घटनामा पक्राउ परेका धनुषा विदेह नगरपालिका वडा नम्बर ५ का ५५ बर्षिय सगमलाल पासवानले एक्लै घटना गर्न सक्ने प्रकृति देखिएको छैनन् । मृतक रामपरीको भारी शरिर र मृत्यूपछि हुने थप भारीले सगमलाल पासवान एक्लै नगरेको उनले आशंका जनाए ।
मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा गरेको पत्रकार सम्मेलनको क्रममा एसपी तिवारीलाई पत्रकारहरुले राखेको जिज्ञासामा सो घटनामा एक्लै नभई अन्य जना हुन सक्ने देखिएको बताए । उनले थप व्यक्तिहरुको बारेमा अनुसन्धान जारी राखिएको बताए ।
सगमलाल पासवानको घरबाट हातहतियार, रगत लागेको लत्ताकपडा भेटनु सुनुयोजित रुपमा देखिएको छ । हत्यामा संलग्न अन्य व्यक्तिहरु आफू बचेर समगलाल पासवानमाथि सबै आरोप थुपार्ने प्रयास गरिएको आरोप परिवारजनको छ ।
विभत्स हत्या काण्डमा पनि राजनीतिक लागेको भन्दै नेताहरु अन्य अपराधिहरुलाई बचाउन कसरतमा लागेको आरोप परिवारजनको छ ।
सम्बन्धित समाचार
घटनास्थलमा हत्या घाँटी छिनाएको स्थानदेखि शव राखिएको २०५ मिटरसम्म घिसारिएको देखिएको छैनन् । घटनास्थलमा पत्रकारहरुको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो । घाँटी काटेको स्थानदेखि शव फेला परेको स्थानसम्म उठाएर लगिएको देखिएको छ । एक्लो सगम पासवानले मृतकलाई उठाउन सक्ने अवस्था देखिदैनन् ।
शव मुचुल्काको समयमा पाँच जनाले शव बोक्दा कम्तीमा ७ पटकसम्म आराम गर्नुपरेको अवस्थामा एक्लो पक्राउ परेका पासवानले मृतकलाई उठाएर शव राख्न सक्ने स्थिति नरहेको भन्दै परिवारजनले प्रहरीको अनुसन्धान टोलीमाथि शंका जनाएको छ ।
धनुषा प्रहरीको अहिलेका अनुसन्धान टोलीले माथिल्ला नेताको दबाबमा एक जनामाथि सबै आरोप थुपार्दै अन्यलाई बचाउन खोजेको आरोप लगाएका छन् ।
यो घटना पनि उस्तै
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…