लागु औषध सामाजिक अपराध र विकृती
रंजन भण्डारी | महोत्तरी,१२ असार । लागु औषध सेवन र ओसार पसार सामाजिक अपराध र विकृति भएको र यसले सिंगो मुलुक नै खोक्रो भईरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले बताए । महोत्तरीमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवश मनाईरहदा उहाले सो बताए । दिवश मनाउन जिल्ला प्

२०७५ असार १२ मंगलबार, राति ८:१८ बजे२ मिनेट पढाइ

रंजन भण्डारी |
महोत्तरी,१२ असार । लागु औषध सेवन र ओसार पसार सामाजिक अपराध र विकृति भएको र यसले सिंगो मुलुक नै खोक्रो भईरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले बताए ।
महोत्तरीमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवश मनाईरहदा उहाले सो बताए ।
दिवश मनाउन जिल्ला प्रसासन कार्यालय महोत्तरीको संयोजनमा सवै सुरक्षा निकाय तथा विद्यार्थी र नागरिक समाज सहितको र्याली निकाल्दै सो पछि भएको अन्तरकृया कार्यक्रममा लागु औषध सम्बन्धी वक्ताहरुले आ आफ्नो विचार राखेका थिए ।
नेपाल लगायत विश्व नै लागु औषधको मारमा परेको र यसले करोडौ युवाहरु प्रत्यक्ष प्रभावित भएकोले लागु औषध नियन्त्रण र न्युनिकरणका लागि सवै पक्षबाट पहल होस भन्ने उदेश्यका साथ महोत्तरीमा प्रभात फेरी र अन्तरकृया कार्यक्रमको आयोजना गरि दिवश मनाइएको हो ।
लागु औषध दुव्र्यसनीको संख्या र ओसार पसार महोत्तरी लगायत देश मै वढिरहेको वेला त्यसलाई न्युनिकरण गर्न आम जनसमुदायलाई त्यसको नकारात्मक प्रभाव वारे सुसुचित गर्दै यसलाई न्युनिकरण गर्न सवैले पहल थाल्नु पर्ने वक्ताहरुको भनाई थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले लागु औषध सेवन र तस्करका विरुद्ध सवै एक हुनु आवश्यक रहेको बताए । करिव ३८ किलोमिटर खुल्ला सिमाले तस्करी नियन्त्रण चुनौती भएको समेत उहाले वताए ।
यता लागु औषध वारे वोल्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले लागु औषध ओसार पसार हुने नाकाहरु र क्षेत्रहरु प्हिचान गर्ने तथा नियन्त्रणमा ल्याउने हामी सवैको साझा दायित्व भएको बताए । उनले युवा र विद्यार्थीलाई लक्षित गर्दै पत्रवाहक भन्दा पनि लागु औषध विरुद्धको एम्वेस्डरको रुपमा काम गर्नु पर्ने वताए ।
यस्तै लागु औषध वारे महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयका शिक्षक हरि नारायण दाहालले विकृती हामी सवैमा भएको र त्यसको लागि हामी आफैसंग सुरुवात गर्न सके यस्ता विकृती अन्त्य हुने बताए । यता सोहि विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र राजन रामले युवा पिढी लागु औषधकै कारण विग्रिरहेकोले आफु जस्ता युवाहरुलाई यस्ता विकृतीबाट वचाउन सवै निकायसंग आग्रह गरे ।
यता नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल र महिला तथा वालवालिका सेवा केन्द्र कि उपाध्यक्ष रन्जु वरालले समेत लागु औषध सेवन नै विभिन्न हिंसात्मक घटनाको मुल कारण रहेकोले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
यस्तो छ तथ्यांक :

चालु आर्थिक वर्षमा प्रहरीले लागु औषध गाँजा तथा अन्य नेपालमा प्रतिवन्धित ट्यावलेट तथा ईन्जेक्सन र सिरपहरुको सेवन तथा ओसार पसारकै २८ मुद्दा दर्ता गरि कार्यवाही प्रकृया अगाडी वढाएको छ । उक्त मुद्दामा ४० जना माथी कार्यवाही प्रकृया वढाइएको मा सो मध्ये २ जना फरार र ४ जना भारतिय रहेका छन ।
यस्ता छन पक्राउ परेका लागु पदार्थहरु ः
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…