न्यूज ब्यूरो, जलेश्वर । आफ्नै प्रेमिकाको हत्या गरी भागेका एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मँगलबार पत्रकार सम्मेलन गरि आफ्नै प्रेमिकाको हत्या आरोपमा सर्लाही चक्रघट्टा वडा नम्बर ९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादवलाई सार्वजनिक गरेका हुन्।
यादवले हत्या गरेर मारेको युवती संग प्रेम सम्बन्ध रहेको बताएका छन्। उनले २०८१ असोज २३ गते बर्दिबास नगरपालिका वडा नम्बर ५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरि फरार भएका थिए। उनलाई प्रहरीले गोप्य सूचनाको आधारमा विरगंजबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले पत्रकार सम्मेलनमा यही असोज २३ गते बिहान जिल्लाको बर्दिबास नगरपालिका वडा नं. ५ टुटेश्वर जङ्गलमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव प्राप्त भएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित यादवलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
उनले सो बेला तालिमप्राप्त कुकुरहरु लगाएर घटनास्थलको चेकजाँचसँगसँगै महिलाको सनाखतको लागि कार्यालयको फेसबुक पेज लगायतका माध्यममा फोटोसहितको विवरण समेत राखिएको बताउदै घटनाको पाँच दिनपछि सर्लाहीकै अनु राय रहेको अभिभावकहरुले सनाखत गरेको बताए। अनुले असोज २२ गते अभिभावकहरुलाई म साथी सन्दिपलाई भेट्न विरगंज जान लागेको जानकारी गराएको तर त्यसपछि उनको शव मात्रै भेटेको अभिभावकहरुले जानकारी दिएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिए ।
मन्दिप र अनुसँगै कक्षा चारदेखि नै चिनजान र प्रेम रहेको अनुसन्धानमा खुलेको छ । उनीहरुबीच विवाहलाई लिएर वादविवाद हुँदै आएपनि बर्दिबासमा भेटकोबेला ख्याल ठट्टामा अनुले मन्दिपलाई थप्पड हानेपछि मन्दिपले पनि थप्पड हान्दा उनी वेहोस भएको र मन्दिपले सामान बाँध्न प्रयोग हुने डोरीबाट घाँटी कसी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।
ख्याल ख्यालमै प्रेमिले प्रेमिकालाई घाँटी कसि मारेर बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट देखिएको बताउँदै प्रहरी उपरिक्षक जैसवारले भने,'पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्विकार गरेको छ ।' प्रहरी नायव उपरिक्षक जैसवारले बर्दिबासको विभिन्न ठाउँमा देखिएको सिसिटिभी क्यामरा,फोनको लोकेसन तथा महिनौको अथक प्रयासपछि मन्दिपलाई पक्राउ गर्न सकिएको बताउँदै अदालतबाट म्याद थप समेत गरिएको जानकारी दिए।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८१ पौष २ मंगलबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्