Close This

महिलाहरुलाई पेटमा बच्चा दिने भनेर लाखौँ ठग्ने धामी पक्राउ

२०८१ मङ्सिर ११ मंगलबार
बेलुकी ७:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा बच्चा नहुने महिलाहरुलाई पेटमा बच्चा दिने भनेर लाखौँ ठग्ने धामी (बाबा) पक्राउ परेका छन् । 

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित बस्ने दुःखि ठाकुर धामी झाँक्रीलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाहरुलाई पेटमा बच्चा हुने भनेर औषधी दिने गरेको र औषधी खाएपछि बच्चा नभएपछि महिलाहरुले उजुरी गरेको थियो । 

धनुषा, सिरहा, सप्तरी आदि जिल्लाका महिलाहरुलाई दुखी ठाकुरले बच्चा नहुने महिलाहरुलाई आफूले दिएको औषधी खाएपछि बच्चा हुने भनेर मन्त्र फुक्ने वापत ३५ हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेका थिए ।

कुनै कुनै महिलालाई पेटमा बच्चा हुने औषधीको नाममा सोहजन (शितलचीनी) को लस्सा खुवाउने गरेको एक महिलाले बताइन् । उनले त्यस वापत एक लाख रुपैयाँ दिएको बताइन्छ । पेटमा बच्चा हुनको लागि औषधीले सहयोग गर्ने भनेर झाँसा दिएर महिलाहरुलाई बेवकुफ बनाउँदै आएका ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । 

लाखौं रुपैयाँ ठगेको धामी ठाकुरलाई लहान प्रहरीले पक्राउ गरि आज म्याद थप गरेको छ । बाँझोपन भएको महिलाहरु मिलि लहान प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका अधारमा धामीलाई ठगी मुद्दा लगाउँदै पक्राउ गरेको हो । 

सोहजनको लस्सा खुवाएपछि कैयाँै महिलाहरु विरामी पर्न थालेपछि उनीविरुद्ध उजुरी गरिएको बताइएको छ । 

तराई मधेशको विभिन्न जिल्लामा खास गरी गाउँमा धामी झाँक्रीको नाममा पेटमा बच्चा दिने भनेर लाखौ रकम ठग्ने गरेको छ । कुनै विरामी हुँदा डाक्टरभन्दा पहिले धामी कहाँ जाने परम्परा अझै कायम रहेको छ । यसलाई प्रशासनले भने नियमन गर्न सकेको छैनन् । 

  • 0%
  • 12%
  • 9%
  • 0%
  • 0%
  • 79%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८१ मङ्सिर ११ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus