गैर आवासीय मधेसी सँघको अधिबेशन सम्पन्न, अध्यक्षमा पाल
न्यूज ब्यूरो | जनकपुरधाम, ११ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को मलेशिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न प्रथम अधिवेशनबाट मंटू पालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । एनआरएमए मलेशिया शाखाको उपाध्यक्षमा शंभू यादव, महासचि

२०७५ असार ११ सोमबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ११ असार ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को मलेशिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न प्रथम अधिवेशनबाट मंटू पालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
एनआरएमए मलेशिया शाखाको उपाध्यक्षमा शंभू यादव, महासचिवमा पुनीत कुमार पासवान, सचिवमा नरेश साह, कोषाध्यक्षमा संजीव कुशवाहा तथा मेडिया कोर्डिनेटर मा हरि चंद्र साहलाई चयन गरिएको छ ।
त्यसैगरी, कार्यकारी सदस्यहरुमा अर्जुन कुशवाहा, दीपक कुमार मंडल, उपेंद्र साह, सुजीत कुमार साह, रंजीत मंडल, विजय यादव,सुरेंद्र मंडल, दुलारे मल्लाह,लक्ष्मी महतो,सिकेंदर यादव,बीरबल इसर , रामकृपाल मंडल, सुलोचन पासवान,जितेंद्र राम,संजय यादव,रामभरोस साह,श्याम नारायण इसर, संतोष यादव,उपेंद्र महतो,बिहारी मंडल,मनोज यादव,राजेंद्र राम,वीरेंद्र राय,ज्ञानेंद्र पंडित र राजेश कुमार राम लगायतका रहेका छन।
त्यस्तै, सल्लाहकार मण्डलको प्रमुख सल्लाहकारमा कपलेश्वर यादव (एनआरएमए) अंतर्राष्ट्रीय समिति सदस्य, तथा अन्य सल्लाहकारहरुमा शँभू प्रसाद मंडल (एनआरएमए अंतर्राष्ट्रीय समिति सदस्य) , राजेंद्र प्रसाद दास, रंजीत कुमार यादव, विजय साह रहेका छन् ।
नवगठित कार्यसमितिलाई एनआरएमए अंतर्राष्ट्रिय समिति अध्यक्ष ई.बसन्त कुशवाहाले ऑडियो सन्देश मार्फ़त शुभकामना दिए।
यसै क्रममा संगठन विस्तारका सम्बन्धमा बिशेष कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत मलेशियामा पनि एनआरएमए गठन भएर विस्तार भएको बताए ।
उनले मलेशियामा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन समेत आग्रह गरे ।
कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे ।
हालसम्म एनआरएमए ४० वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…