सिडिओ कार्यालय महोत्तरीका नायब सुब्बा यादव घुससहित रँगेहात पक्राउ
सवारी ज्यान कसुर सम्बन्धी मुद्दामा एकजना सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियार कार्यालय बर्दिबासबाट खटेको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको बताइएको छ ।

२०८१ मंसिर ७ शुक्रबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) महोत्तरीका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायव सुब्बा अशोक कुमार यादवलाई घुससहित पक्राउ गरेको हो ।
सवारी ज्यान कसुर सम्बन्धी मुद्दामा एकजना सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियार कार्यालय बर्दिबासबाट खटेको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको बताइएको छ ।
सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबालाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन आयोगमा दिएका थिए ।
यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…