जनमतमा जातिवाद हावी भएको भन्दै सामूहिक राजीनामा

२०८१ असोज १६ बुधबार
दिउसो ४:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीभित्र जादिवाद, परिवारवाद, र चापलुसी हाबी भएको आरोप लगाउँदै पार्टीका ५ जना केन्द्रीय सदस्यसहित २१ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । 

राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र निष्पक्षता र लोकतान्त्रिक अभ्यासको अभाव भएको बताएका छन्। उनीहरूले नेतृत्वले आन्तरिक निर्णय प्रक्रियामा जादिवाद र परिवारवादलाई प्राथमिकता दिएको र योग्य नेताहरूलाई चापलुसीको आधारमा बेवास्ता गरेको आरोप लगाएका छन्।

राजीनामा दिने नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, 'जनमत पार्टीले जनताको हित र समानताका लागि संघर्ष गर्ने उद्देश्य राखेको भए पनि हाल पार्टीमा जादिवाद र परिवारवादको संस्कृति बढ्दै गएको छ। हामीले पटक-पटक सुधारको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि बाध्य भएर राजीनामा दिनु परेको हो।'

सामूहिक राजीनामा दिनेहरूमा ५ जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशस्तरीय नेताहरू र जिल्लास्तरीय नेताहरूसमेत रहेका छन्। राजीनामा दिने समूहले भविष्यमा नयाँ राजनीतिक कदम चाल्न सक्ने संकेत पनि गरेको छ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ असोज १६ बुधबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus