न्यूज ब्यूरो, सप्तरी । देशको ठुलो ब्यारेज कोशी ब्यारेजको पुलमाथिबाट पानी चल्न थालेपछि आवतजावत बन्द गरिएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ ।
बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए ।
यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।
डुमरियाको सहिद सूर्यनाथ रान अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि
- २०८१ असोज १२ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि
पूरा पढ्नुहोस्