पूर्वी धनुषामा बाघको त्रास, वनको विशेषज्ञ टोली आउँदै

२०८१ असोज १० बिहीबार
बिहान १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषामा बाघको त्रास फैलिएको छ । बुधबार साँझ बाघ जस्तै जनावर देखिएपछि बाघ भएको हुन सक्ने आशंकामा स्थानीयहरुमा त्रास फैलिएको छ । 

स्थानीयहरुले बाघ जस्तै जनावर वर्णन गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी टोली पठाएको थियो । बुधबार साँझ करिब ६ः४५ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. २ र ३ को बीचमा खेतमा बाघ जस्तै जनावर देखिएको नगर प्रमुख बेचन दासले जानकारी दिए । 

मेयर दासका अनुसार, हिजो साँझ बाघ जस्तै देखिने जनावर देखिएपछि स्थाानीयहरु त्रास फैलिएको छ । देखिएको जनावर बाघ नै हो भनेर यकिन गर्नको लागि वन कार्यालयको विशेषज्ञ टोली अहिले सोही ठाउँमा आउन लागेको हो । 

जनावर हिँडेको ठाउँमा परेको खुट्टाको छापको आधारमा जनावरको प्रकृति छुटयाएर यकिन गरिने जनाइएको छ । केही दिन अगाडी महोत्तरीको औरही तर्फ समेत बाघ जस्तै जनावर देखिएको थियो । 

मेयर दासले खेततर्फ अहिले नजान र गएपनि सावधानीका साथ जानको लागि आग्रह गरेका छन् । जनावरले हमला गर्न सक्ने भन्दै ज्यान जोखिममा पारेर खेततर्फ नजान नजानदिनको लागि आग्रह गरे । 

मानिसहरुले वनजँगल काटेर फडानी गर्न थालेपछि वन जँगलको जनावरहरु गाउँतर्फ आउन थालेका छन् ।  

  • 0%
  • 17%
  • 0%
  • 67%
  • 17%
  • 0%

राजदेवी मन्दिरभित्र सुरक्षा टाईट छ, चारैतर्फ सिसिटिभीको निगरानी छः सँयोजक शर्मा

  • २०८१ असोज १० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा सुरक्षा व्यवस्था कडा रहेको सुरक्षा समितिका सँयोजक रवि शर्माले बताएका छन् ।  आजदेखि राजदेवी मन्दिरमा भक्तजनहरुको अत्यधिक भीडभाडलाई मध्यनजर गर्दै मन्दिर परिसर

पूरा पढ्नुहोस्

Bureau Menus