अत्यधिक गर्मीका कारण हंसपुर नपाका विद्यालय बन्द, क्षीरेश्वरमा विदा
यता, गर्मीकै कारण क्षीरेश्वरनाथ नगरपालिकाले समेत विदा दिने निर्णय गरेको छ । नगरपालिकाले गर्मी र जीतिया पर्वलाई ध्यानमा राखि मँगलबार र बुधबार नगरपालिकाभरिका समुदायिक तथा नीजि विद्यालयहरु बन्दको घोषणा गरेको हो ।

२०८१ असोज ७ सोमबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अत्यधिक गर्मीको कारण धनुषाको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् ।
उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि हंसपुर नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।
गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्काल नगर प्रमुखको आदेशमा २०८१ असोज ०८ देखि २०८१ असोज ११ गते सम्म बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुधेश्वर यादब बताए । उनले भने, ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको हो ।’
यता, गर्मीकै कारण क्षीरेश्वरनाथ नगरपालिकाले समेत विदा दिने निर्णय गरेको छ । नगरपालिकाले गर्मी र जीतिया पर्वलाई ध्यानमा राखि मँगलबार र बुधबार नगरपालिकाभरिका समुदायिक तथा नीजि विद्यालयहरु बन्दको घोषणा गरेको हो ।
साथै मिति २०८१ आश्विन १० गते देखी १६ गतेसम्म बिहानी सत्रमा विहान ६ः०० बजेदेखी ११ः३० सम्म विद्यालय पठनपाठन संचालन गर्न निर्देशन दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…