डा. सिके राउतमाथि श्रीमतिले गराइन निवेदन दर्ता

२०८१ असोज ७ सोमबार
बिहान ०८:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) की पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा दिएको निवेदन दर्ता भएको छ ।

बिहीबार प्रहरी प्रभाग पुगेकी राउतकी पत्नी रानीको निवेदन प्रहरीले दर्ता गर्न आनाकानी गरेको थियो । तर प्रहरीले भने अन्ततः आइतबार निवेदन दर्ता गरेको सोनी सिन्धु रानीले बताएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै रानीले ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न आनाकानी गर्दै आएको थियो ।

प्रहरीवृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले सोनी सिन्धु रानीले दिएको निवेदन दर्ता गर्न भनिसकेको बताए पनि शुक्रबारसम्म निवेदन दर्ता गरिएको थिएन । प्रहरी नायव उपरीक्षक भट्टरटाईले आदेश दिएको भने पनि रानीको निवेदन आइतबार मात्र दर्ता गरिएको छ ।

पटक पटक धाकधम्की दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्की समेत श्रीमानले दिने गरेको रानीले बताएकी छन् । उनी बिहीबार नै प्रहरी प्रभागमा पुगेर आफू असुरक्षित भएको निवेदन दर्ता गराउने प्रयास गरेकी थिइन् । ‘मलाई श्रीमान्ले अनेक प्रकारको धाकधम्की, ज्यानमार्ने धम्की र बच्चाहरुसित समेत अलग गरिदिने धम्की दिइरहेका छन्’ उनले भनिन्, आफूलाई असुरक्षित महसुस गर्दै मैले प्रहरीमा सुरक्षाका लागि दिएको निवेदन बल्ल दर्ता भएको छ । त्यतिबेला प्रहरीले अध्ययन गर्ने भन्दै शुक्रबार उनलाई पुनः बोलाएको थियो ।

तर उनको निवेदन आइतबार दर्ता भएको छ । राउतले पत्नी रानीमाथि ललितपुर जिल्ला अदालतमा दिएको मुद्दाको समन उनले बुझेकी छन् । ‘श्रीमान राउतसंग न्याय माग्दै प्रतिउत्तर दिने तयारी गरिरहेकी छु ।’ उनले अघि भनिन्, प्रहरीमा दिएको निवेदन बल्ल दर्ता भयो । अब अदालतमा उहाँले दिएको मुद्दाबारे अध्ययनमा लागेकी छु, मिसिलहरुको प्रतिलिपि झिक्ने काम भएको छ, छिट्टै नै प्रतिउत्तर लगाउने छु ।’ एउटै भवनको छुट्टाछुट्टै तल्लामा राउत दम्पत्ती बसिरहेका छन् ।

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८१ असोज ७ सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus