श्रीमतिलाई फोन गरेर टर्चर गरी उक्साएको भन्दै डा. राउतले हाले ४ जनाविरुद्ध मुद्दा
त्यसैगरी त्यस्ता भ्रामक समाचारहरु शेयर गरेर चरित्र हत्या गरेबापत सप्तरीकै दुई जना विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। मानसिक रुपमा अस्वस्थ रहेकी र २०६९ सालदेखि नै उपचार गराइरहेकी विक्षिप्त अवस्थामा रहेको व्यक्तिलाई थप मानसिक यातना दिने उद्देश्यका साथ श्रीमतीलाई फोन गरेको फिरादपत्रमा उल्लेख छ।

२०८१ असोज १ मंगलबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. सीके राउतले ४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।
डा. राउतले आफ्नो चरित्र हत्या गरेको र श्रीमती सोनी सिन्धु रानीलाई मानसिक यातना दिएको भन्दै चारजना विरुद्ध मुद्दा दायर गरेको हो ।
राउतको श्रीमती रानीलाई फोन गरी अनावश्यक तनाव दिएको विरुद्धमा काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको हो।
डा. सीके राउतको चरित्र हत्या गर्ने किसिमले सुनियोजित रुपमा समाचार लेखेको र शेयर गरेको, श्रीमतीलाई फोन गरेर यातना दिएको विरुद्ध वारेसद्वारा ३ वर्षको कैद माग गर्दै मुद्दा दायर गरिएको छ।
डा. सीके राउतकी श्रीमतीलाई पटक–पटक फोन गरेर उक्साएर गलत मनसाय राखि अनाहकको कुराहरु सोधेर विक्षिप्त बनाएको तथा मानसिक यातना दिएको विरुद्धका व्यक्तिहरुलाई गाली बेइज्जती मुद्दा दायर भएको छ।
डा.सीके राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्ध रुपमा लेखेको रक्तमाला पब्लिकेशन्स शीर्ष खबर प्रा।लिका सम्पादक र पत्रकारविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेको हो।
त्यसैगरी त्यस्ता भ्रामक समाचारहरु शेयर गरेर चरित्र हत्या गरेबापत सप्तरीकै दुई जना विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। मानसिक रुपमा अस्वस्थ रहेकी र २०६९ सालदेखि नै उपचार गराइरहेकी विक्षिप्त अवस्थामा रहेको व्यक्तिलाई थप मानसिक यातना दिने उद्देश्यका साथ श्रीमतीलाई फोन गरेको फिरादपत्रमा उल्लेख छ।
डा. सीके राउतले वारेस काठमाडौं महानगरपालिका १० बस्ने २४ वर्षीय सुमन न्यौपानेमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…