सिरहामा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यू
न्यूज ब्यूरो | सिरहा, ४ असार । सिरहामा कुखुरा बोकेको पिकअप गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–४, भुल्के चोकमा गएराति भएको दुर्घटनामा परी पिकअपमा सवार मुगु जिल्लाको छायाँरारा नगरपालिका–५ बस्ने २३ वर्षीय विशाल कामीको ज्यान गएको हो । बा १५ च ६०४५ नम्बरको कुखुरा बोकेको

२०७५ असार ४ सोमबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ४ असार । सिरहामा कुखुरा बोकेको पिकअप गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–४, भुल्के चोकमा गएराति भएको दुर्घटनामा परी पिकअपमा सवार मुगु जिल्लाको छायाँरारा नगरपालिका–५ बस्ने २३ वर्षीय विशाल कामीको ज्यान गएको हो ।
बा १५ च ६०४५ नम्बरको कुखुरा बोकेको पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीेले जनाएको छ । घटना लगतै पिकअप चालक फरार भएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको र फरार चालकको खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…