धनुषाको कमला नगरपालिकामा जसपा नेपाल लगभग सखाप, बाँकीहरु दल बदल्ने तयारीमा
जसपामा बचेका केही नेता कार्यकर्ताहरु समेत आउँदो असोज १५ गतेको पार्टी प्रवेश कार्यक्रममा समाहित हुने तरखरमा रहेको छ । उनीहरु नेकपा एसमा प्रवेश गरेपछि कमला नपा वडा नं. १, २ र ३ मा नेकपा एसको बलियो पक्कड हुनेछ ।

२०८१ भदौ ३० आइतबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताहरु धमाधम पार्टी छाडेर अर्को पार्टीमा जान थालेपछि लगभग सखाप हुँदै गएको छ ।
जसपाको गढ मानिएको कमला नगरपालिका वडा नं. १,२ र ३ का नेता कार्यकर्ताहरु नेता रामचन्द्र झाको नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित भएपछि जसपा लगभग सखाप हुँदै गएको छ ।
जसपामा बचेका केही नेता कार्यकर्ताहरु समेत आउँदो असोज १५ गतेको पार्टी प्रवेश कार्यक्रममा समाहित हुने तरखरमा रहेको छ । उनीहरु नेकपा एसमा प्रवेश गरेपछि कमला नपा वडा नं. १, २ र ३ मा नेकपा एसको बलियो पक्कड हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…