जनकपुरको होटल राज घरानामा कर्मचारी मृत अवस्थामा फेला, टाउकोमा चोट

२०८१ भदौ १६ आइतबार
बिहान ११:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको होटेल राज घरानामा एक कर्मचारी शौँचालयमा मृत अवस्थामा फेला परेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ जनकचोकस्थित रहेको होटेल राज घरानामा गत शुक्रबार विहान करिब ९ बजेको समयमा शौँचालयमा मृत अवस्थामा फेला परेको हो । 

होटेलका अन्य कर्मचारीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा १ बस्ने बर्ष ३५ को राजकुमार श्रेष्ठ मृत अवस्थामा फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार मृत अवस्थामा फेला परेका श्रेष्ठको टाउकोमा चोट देखिएकोले शंकास्पद रहेको बताए । 

यसबारे अनुसन्धान सुरु गरिएको उनले बताए । 

  • 3%
  • 1%
  • 3%
  • 1%
  • 2%
  • 1%

अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

  • २०८१ भदौ १६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का कुनै पनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने भएको छ । सिटिइभिटीले एसइई–एसएलसी, प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिए अंकका

पूरा पढ्नुहोस्

Bureau Menus