मकवानपुरमा भैँसीले मारे बाघ !
बाघ बूढो भएको कारण भैंसीको आक्रमण मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलिले लगेको छ ।

२०८१ भदौ ६ बिहीबार, बिहान १०:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, हेटौडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको ज्यान गएको छ ।
मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो ।
बाघ बूढो भएको कारण भैंसीको आक्रमण मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलिले लगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…