जनकपुर लगायत आसपासका क्षेत्रमा "धुलो र हिलो" बर्षा
न्यूज ब्यूरो | जनकपुरधाम, २ असार । विगत दुई दिनदेखि निन्तर राती पर्दा धुलो सहित हिलोको वर्षा भएको देखिएको छ । जनकपुर लगायत आसपास सहित तराई मधेसको विभिन्न जिल्लामा गएराती हिलोको बर्षा भएको हो । गएराती करिब २ बजेदेखि हल्का रुपमा हिलोको बर्षा भएको हो । घर बाहिर राखिएको समाग्री मोटरसाईकल, साईकल, जीप, का

२०७५ असार २ शनिबार, बिहान ६:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, २ असार । विगत दुई दिनदेखि निन्तर राती पर्दा धुलो सहित हिलोको वर्षा भएको देखिएको छ ।
जनकपुर लगायत आसपास सहित तराई मधेसको विभिन्न जिल्लामा गएराती हिलोको बर्षा भएको हो ।
गएराती करिब २ बजेदेखि हल्का रुपमा हिलोको बर्षा भएको हो । घर बाहिर राखिएको समाग्री मोटरसाईकल, साईकल, जीप, कार, बस सहित अन्य चिजवस्तुहरुमा समेत हिलोको बर्षा भएको देखिएको छ ।
यसका साथै बोट विरुवको पातमा समेत गाढा रुपले हिलो भएको देखिएको छ । वायुमण्डलम अति प्रदुषणका कारणले हिलोको वर्षा भएको बताइएको छ ।

जेठ २५ गते नेपालमा मनसुन भित्रिए पनि मुलुकको पश्चिमी र मध्य भुभागमा अझै मनसुन सक्रिय भएको छैन। सो क्षेत्रमा अहिले भइरहेको वर्षा पश्चिमी वायुको प्रभावले हो।
शुक्रबार नेपालको पश्चिमी क्षेत्रको केही भुभागमा वर्षासँगै धुलो मिश्रित लेदो किन खस्यो भनेर सोध्दा मौसमपूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘डस्ट स्ट्रोम’ अर्थात् धुलोसहितको हावाहुरीको प्रभाव हुन सक्छ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…