विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख सिँहलाई उर्जामन्त्रीको सम्मान
प्रमुख सिँहले नयाँ मिटर, मिटर परिवर्तनबाट समेत ५२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको, चुहावट नियन्त्रण तर्फ ८८ लाख बढी राजस्व आम्दानी गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

२०८१ भदौ २ आइतबार, बिहान ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्युत चुहावट नियन्त्रणमा फड्को हानेको भन्दै धनुषाधाम वितरण केन्द्रका प्रमुखलाई काठमान्डौँमा सम्मान गरिएको छ ।
लक्ष्यभन्दा अधिक विद्युत चुहावट नियन्त्रण गरेको भन्दै नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख रोश कुमार सिँहलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले सम्मान गरेको हो । सिँह मधेश प्रदेशबाट सम्मानित हुने प्रथम कर्मचारी हुन् । सोही क्रममा मधेश प्रदेशबाटै दोस्रो नम्बरमा चन्द्रनिगाहपुर रौतहटका वितरण प्रमुखलाई सम्मान गरिएको हो ।
प्राधिकरणले विद्युत चुहाबटको लक्ष्य २१.७५ राखेकोमा धनुषाधाम वितरण केन्द्रका प्रमुख सिँहले मात्र १९.५२ कायम गर्न सफल भएका सिँहलाई उर्जामन्त्रीले सम्मान गरेको हो ।
प्रमुख सिँहले नयाँ मिटर, मिटर परिवर्तनबाट समेत ५२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको, चुहावट नियन्त्रण तर्फ ८८ लाख बढी राजस्व आम्दानी गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…