रौतहटमा पुनः एक हत्या, फालिएको अवस्था शव फेला
घटनाको अनुसन्धानमा जुटेका छौ ,मृतक बस्ने कोठा देखि घटना स्थल पुगि सर्च अभियान जारी राखेका छौ ,प्रमाण फेला पार्ने क्रममा छौ,शब पोस्टमार्टमका लागि पठाउछौ,अहिले केहि बोल्ने स्थिति छैन ,छानबिन पछि बोलौला प्रहरी नायब उपरिक्षक एवं प्रबक्ता एलिजा गिरीले बताएकि छन् ।

२०८१ साउन ३० बुधबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटस्थित एक व्यक्तिलाई हत्या गरि फालिएको अवस्था शव फेला परेको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ५ कोईरी टोल स्थित एक वृद्धलाई हत्या गरि फालेको अवस्थामा शव फेला परेपछि हडकम्प मचेको छ।
झोलुङ्गे पुल पश्चिम धानको खेतमा बुधबार बिहानै ७७ बर्सिय स्थानीय अनिरुद् महतो ूकोईरीूलाई चक्कु प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेपछि स्थानीय त्रसित बनेका हुन् ।

बारीमा तरकारी उब्जाई आफ्नो जिबिकापार्जन गर्दै आएका महतोको पेटमा धारिलो हतियार प्रहार गरि हत्या गरि फालिएको अवस्थामा फेला परेको वडा अध्यक्ष शिबशंकर यादवले बताउनु भएका छन् । घटना सूचना पाएपछि घटना बारे बुझ्न रौतहट प्रहरी गहिरो अनुसन्धान थालेका छन् ।
घटना स्थलमा प्रहरी उपरिक्षक दिलिप घिमिरे ,प्रहरी नायब उपरिक्षक एलिजा गिरी,प्रहरी निरीक्षक उमाशंकर गुप्ता सहितको टोली पुगि घटना बारे बुझ्ने देखि मुचुल्का उठाउने प्रक्रिया अगाडि बढाएका छन् ।

घटनाको अनुसन्धानमा जुटेका छौ ,मृतक बस्ने कोठा देखि घटना स्थल पुगि सर्च अभियान जारी राखेका छौ ,प्रमाण फेला पार्ने क्रममा छौ,शब पोस्टमार्टमका लागि पठाउछौ,अहिले केहि बोल्ने स्थिति छैन ,छानबिन पछि बोलौला प्रहरी नायब उपरिक्षक एवं प्रबक्ता एलिजा गिरीले बताएकि छन् ।
घटना स्थल पुगेका गौर नपाको मेयर शम्भु साह र वडा अध्यक्ष शिबशंकर यादबले घटनामा समलग्नलाई यथाशिघ्र पक्राउ गरि सार्वजनिक गर्न माग गरेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…