जनकपुरः मनि ट्रान्सफरबाट ४० हजार ठगेर युवक फरार, सिसिटिभीमा मुखडा कैद

२०८१ श्रावण ३० बुधबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक मनि ट्रान्सफरबाट एक युवकले ४० हजार रुपैयाँ ठगेर फरार भएका छन् । 

जनकपुरको कदमचोकस्थित रहेको दिप्थी मनि ट्रान्सफरबाट ४० हजार रुपैयाँ लिएर भागेका हुन् । सिसिटिभी फुटेज भिडियोमा देखिएको कालो टिसर्ट लगाएको र टुपी पालेको युवाले रेमिटेन्सका कर्मचारी झुक्याएर ४० हजार रुपैयाँँ ठगेर फरार भएका हुन् । 

भिडियोमा देखिएको युवा पहिले कदम चौकमा रहेको दिप्थी मनि ट्रन्स्फर पुग्छन् । त्यहाँ पुगेर मेरो साथीले पैसा पठाउन लागेको भन्दै दिप्थी मनि ट्रन्स्फरमा काम गरिरहेका कर्मचारीसँग क्युआर कोड माग्छन् ।  ट्रन्स्फरमा काम गर्ने कर्मचारीले पर्खालमा टासिंएको क्युआर कोड देखाउछ । ती युवाले त्यो क्युआरको फोटो मोबाइलमा कैद गर्छन्  । 

त्यहीँबाट ती युवाले दिप्थी मनि ट्रन्स्फरको छेउमै रहेको अर्का जनक मनि ट्रन्सफरमा पुग्छन् र दिप्थी मनि ट्रन्स्फरमा खिचेको क्युआर देखाएर यसमा ४० हजार रुपैयाँ पठाइ दिन अनुरोध गर्छन् । जनक मनि ट्रन्स्फरका कर्मचारीले पहिले क्यास जम्मा गर्न भन्छन् । जवाफ ती युवाले भन्छन् छेउमै रहेको दिप्थी ट्रन्स्फर दाइले भनेको हो । पैसा पठाइदिनु म त्यहाँबाट तुरुन्तै मागेर ल्याइदिन्छु भने । त्यसपछि जनक मनि ट्रन्स्फरका कर्मचारीले अर्का मनि ट्रन्स्फरका संचालक चिनजानकै रहेको कारण ती युवाले भनेकै कुरामा परी क्यास नलिई ४० हजार पठाइदिन्छ ।

एकछिनपछि ई-सेवा गरेको रुपैयाँ फिर्ता दिन नआएपछि जनक मनि ट्रन्स्फरका कर्मचारी दिप्थी मनि ट्रन्स्फर पुग्छन् र आफूले पठाइएको ४० रुपैयाँ क्यास फिर्ता माग्छन् । तर दिप्थीका कर्मचारीले उनलाई जवाफ दिन्छन्  तपाईंले पठाएको ४० हजार रुपैयाँ अर्को व्यक्तिले लिएर गयो । जनक मनि ट्रन्सफरका कर्मचारी अकबक बन्छन् । एकछिन सोच्न थाल्छन् आफू ठगीमा परेको महसुस गर्छन् ।

त्यसपछि ती पैसा पठाई दिन भनेका व्यक्तिको सिसिटिभी फुटेज निकालेर पत्ता लगाई दिन भन्दै जिल्ला प्रहरी कार्यलय धनुषा पुग्छन् ।अहिले ती युवकलाई जिल्ला प्रहरी कार्यलय धनुषाले खोज्दैछन्

  • 0%
  • 83%
  • 0%
  • 8%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ श्रावण ३० बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus