पुलबाट तल खस्यो १२ चक्के ट्रक, च्यापिएर चालकको मृत्यू
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट १५ २० मिटरतल खसी दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

२०८१ साउन २९ मंगलबार, बिहान ११:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिक (५ मा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट १५ २० मिटरतल खसी दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ट्रकभित्र नै चेपिन गई चालक राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…