मिर्चैयामा मेसिनमा किचिएर एक कामदारको ज्यान गयो
न्यूज ब्यूरो | सिरहा, १ असार । सिरहामा एक उद्योगको मेसिनमा किचिएर एकजना कामदारको घटनास्थलमै मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ साँझा चोकस्थित रहेको श्री बजरंग चिप्स उद्योगमा चिप्स बनाउने मेसिनमा किचिएर आज (शुक्रबार) एक कामदारको घटनास्थलमै ज्यान गएको हो । उद्योगका कामदार स्थानीय ६० वर्षीय ल

२०७५ असार १ शुक्रबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १ असार । सिरहामा एक उद्योगको मेसिनमा किचिएर एकजना कामदारको घटनास्थलमै मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ साँझा चोकस्थित रहेको श्री बजरंग चिप्स उद्योगमा चिप्स बनाउने मेसिनमा किचिएर आज (शुक्रबार) एक कामदारको घटनास्थलमै ज्यान गएको हो ।
उद्योगका कामदार स्थानीय ६० वर्षीय लक्षमण साफीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दिउँसो करिब ४:३० बजे उद्योगको मेसिन चलाउने क्रममा मेसिनमै किचिएर मृत्यु भएको प्रहरीले जानकारी दिए ।
मृतक साफीको शव पोस्टमार्टमको लागि लहान अस्पताल लगिएको ईप्रका मिर्चैयाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…