नेपाल-भारत-बँगलादेशको त्रिदेशीय नाका खुल्ला
पूर्वी नाका काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।

२०८१ साउन २६ शनिबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बङ्गलाबन्ध नाका खुलेको छ । नाका खुला भएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ।
पूर्वी नाका काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।
‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ,’ उनले भने।
कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…