रेडियो मुस्कान सिरहाका सँचालक सितल झा चेक बाउन्स मुद्दामा दोषी ठहर
सो मुद्दामा सुनुवाई हुँदै गत बैशाख ३१ गतेको फैसला अनुसार रेडियो मुस्कानका सँचालक झालाई १५ दिन कैद र १ लाख रुपैयाँ बिगो भराईको सजाय सुनाएको हो । यसअघि उनलाई प्रहरीले फरार अभियुक्तको सूचिमा राख्दै आएको छ । उनी अझै फरार रहेका छन् ।

२०८१ साउन २५ शुक्रबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित सँचालनमा रहेको रेडियो मुस्कानका सँचालक सितल झा ठगी मुद्दामा ठग ठहर भएका छन् ।
महोत्तरीको औरही गाउँपालिका वडा नम्बर ३ बस्ने प्रमोद कुमार साहको जाहेरीले प्रतिवादी रहेका सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० बस्ने लक्ष्मण झाको छोरा सितल झालाई चेक बाउन्स मुद्दामा ठग ठहर गरेको हो ।
साहसँग रकम लिएर विभिन्न समयमा चेक दिएका झाको खातामा रकम नभएपछि उनीमाथि चेक बाउन्सको मुद्दा दायर भएको थियो । सो मुद्दामा महोत्तरी जिल्ला अदालतका न्यायधीश कोलेश्वर ज्ञवालीको एकल इजलासबाट उनलाई सो मुद्दामा दोषी करार दिएको हो ।
साहसँग झाले १ लाख रुपैयाँ सापटी लिएकोमा उनलाई फिर्ता गर्न भन्दा उनले लक्ष्मी बैँक लिमिटेड ९लक्ष्मी सनराईज०, राष्ट्रिय वाणिज्य बैँकको चेक दिएकोमा खातामा रकम नभएपछि साहले चेक बाउन्स गराएको थियो । पटक पटक उनलाई फोन गरी खातामा रकम हाल्न भनेपछि पनि झाले आनकानी र अटेरी गर्दै पचाउने मनसायले रकम नहालेपछि उनीमाथि चेक बाउन्सको मुद्दा दायर भएको थियो ।
सो मुद्दामा सुनुवाई हुँदै गत बैशाख ३१ गतेको फैसला अनुसार रेडियो मुस्कानका सँचालक झालाई १५ दिन कैद र १ लाख रुपैयाँ बिगो भराईको सजाय सुनाएको हो । यसअघि उनलाई प्रहरीले फरार अभियुक्तको सूचिमा राख्दै आएको छ । उनी अझै फरार रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…