न्यूज ब्यूरो, सिरहा । सिरहास्थित रेडियो मुस्कानका सँचालक शितल झाले न्यूजब्यूरोकर्मी उपर मुद्दा हालेर ब्लैकमेल गरेको आरोप लगाईएको छ ।
न्यूज ब्यूरोका सिरहा प्रमुख (संवाददाता) सबिन्द्र कुमार यादव (सबिन) माथि गाली बेज्जतिको मुद्दा हाल्दै मुद्दा हटाउन रकम मागेको पाईएको छ । न्यूजब्यूरोकर्मी यादवसँग उनले ४ हजार रुपैयाँ माग्दै मुद्दा हटाईदिने भनेको अडियो उनले सुरक्षित राखेका छन् ।
गत बैशाखमा उनले जिल्ला अदालत सिरहामा न्यूज ब्यूरोका सम्पादक काशिन्द्र शर्मा र संवाददाता यादव उपर समाचार लेखेकै कारण गाली बेज्जतिको मुद्दा हाल्दै रकम मागेको हो । विगतको केही मुद्दाको सन्दर्भमा न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि उनले अदालतमा मुद्दा दायर गरेको हो । गत बर्षको चैत्त २० गते सिरहाः रेडियो मुस्कानका सँचालक सितल झामाथि चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी शिर्षकमा समाचार प्रकाशित भएपछि उनले मुद्दा दायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाको फरार सूचिमा अझै उनको नाम भएपनि सिरहाकै केही बिचौलियाहरु, पत्रकारहरुले उनलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिँदै पक्राउ गर्न दिएनन् । एक पूर्व प्रहरीसँगकै लेनदेन मुद्दामा उनलाई पक्राउ पूर्जी जारी भएको थियो । सोही सन्दर्भमा समाचार प्रकाशित भएपछि उनले खण्डन समेत गरेका थिए । खण्डन समाचार न्यूज ब्यरोले प्रकाशित गरेको थियो ।
सँचालक झाले समाचार खण्डन पश्चात समेत उनले जिल्ला अदालत सिरहामा सम्पादक शर्मा र सँवाददाता यादवमाथि मुद्दा हालेको हो । उनले सिरहाकै केही पूर्व पत्रकारहरुको उक्साहटमा मुद्दा दायर गरेको बुझिएको छ । जसमा म्याद गुज्रेका पत्रकारहरु समेत रहेको बुझिएको छ ।
हातहतियार र लागुऔषध मुद्दामा मुछिएका झाको बारेमा समाचार प्रकाशित भएको थियो । उनले दिएको मुद्दामा सम्पादक शर्माले झासँग पैसा मागेको र पैसा नदिएपछि समाचार लेखेको भनेर विवरण अनुसारको मुद्दा दायर गरेको हो । विभिन्न व्यक्तिसँग लेनदेनमा दोषी समेत ठहर भईसकेका झासँग रकम मागेको भनेर विवरण पेश गर्नु नै अविवश्नीय रहेको छ ।
मुद्दा दायर गरेर सिरहा संवाददाता सबिन यादवसँग पटक पटक फोन गरी मुद्दा हटाईदिन्छु भन्दै रकम मागेको कल रेकर्ड सुरक्षित राखिएको छ । यादवले सहयोगार्थ भावनाले रकम दिदै व्यवहारिक रुपमा मुद्दा हटाइदिन आग्रह गरेपनि उनले मुद्दा नहटाएपछि अन्तिमसम्म प्रतिउत्तर जोडेको हो ।
उनले कल रेकर्डमा भनेका छन् –“मलाई ४ हजार रुपैयाँको जरुरी छ देउ, म मुद्दा हटाईदिन्छु । तर, काशिन्द्रको हटाईदिन्न ।” यसले उनले मुद्दा हटाउनको लागि बार्गेनिँग र ब्लैकमेलिँग गरेको प्रष्टीन्छ ।
यता, सम्पादक शर्माले मुद्दा सम्मानीय जिल्ला अदालतमा रहेकोले अदालतमा प्रमाणको आधारमा अदालतको फैसलाप्रति विश्वास राखे ।
- २०८१ श्रावण २४ बिहीबार