
न्यूज ब्यूरो, जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का प्रवेश यादवले नेतृत्व जमाएका छन् ।
विहिबार सम्पन्न मतदानपछि भएको मतगणनाको परिणामले लोविसंघका सभापति तर्फ प्रवेश यादवले १२० मत प्राप्त गरेका छन् । अनेरास्वीयूका रवि कुमार साहले ९६ मत प्राप्त गरेका छन् । चर्चामा रहेका नेविसंघका त्रिलोक यादवले भने ७१ मत प्राप्त गरे । विद्यार्थी जनमत सँघका शशिकान्त मण्डलले कुल ३८ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी सँयुक्त विद्यार्थी प्यानलका श्याम साहले ११२ मत प्राप्त गरे ।
यस्तै स्वीयूको सचिवमा अनेरास्वीयूका राजु अधिकारी विजयी भएका छन् । उनले ११० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धीमा लोविसंघका सुभाषचन्द्र यादवले १०४ मत प्राप्त गरे ।
शुक्रबार विहानसम्म चलेको मतगणनाको मत परिणाम अनुसार स्ववियूको कोषाध्यक्षमा नेपाल विद्यार्थी सँघका शिवशंकर महतो विजयी भएका छन् । मुख्य तीन पदमा तीनै पार्टीका विद्यार्थी नेताहरुले सँयुक्त युनियन बनाएको हो । कोषाध्यक्षको लागि नेविसंघका महतोले ११९ मत प्राप्त गरे भने लोविसंघकी बर्षा कुमारी साहले ९६ मत प्राप्त गरी निकटम प्रतिद्धन्द्धी बन्न सफल भईन् ।
यस्तै, सदस्यहरुमा लोविसंघका रामकुमार महासेठ ११५ मत ल्याएर विजयी भए भने अर्का सदस्यमा अनेरास्वीयूका विरेन्द्र यादव, सँयुक्त विद्यार्थी प्यानलकी सृष्टी चौधरी, प्रतिक साह नेपाल लगायतका चुनिएका छन् ।
कुल ४७५ मतदाता विद्यार्थी रहेकोमा विहिबार सम्पन्न मतदानमा कुल ४४४ मत खसेको थियो ।
'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली
- २०८१ श्रावण १८ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला
पूरा पढ्नुहोस्