अस्पतालका अध्यक्ष हासमीमाथि भ्रष्टाचारको आरोप, जनमतको सरकारले गर्ला कारवाही ?
यस विषयप्रति प्रदेश सरकार गम्भिर भएर नलागे सरकार पनि यस धन्दामा समलग्न रहेको पुस्टि हुने गौरका प्रबुद्ध बर्गको भनाई छ। यस विषयमा अध्यक्ष हासमी संग सोधपुछ गर्न खोज्दा सम्पर्क हुन सकेन ।

२०८१ साउन १७ बिहीबार, बिहान ९:०२ बजे२ मिनेट पढाइ

संजय सहनी, रौतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमी बिबादमा मुछिएका छन् ।
आफ्नो कार्यकालमा अस्पताललाई सुबिधा समपन्न बनाएको दाबी ठोक्ने हासमीमाथि भ्रष्टाचार ,अनियमितता र लुटखसोटको आरोप लागेको हो।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको मिलिभगतमा हासमीले टाईल्स जडान ,औसधि खरिद ,मर्मत सम्हार र रङ्गरोग्न ,विभिन्न उपकरण खरिद देखि करारको कर्मचारी भर्नामा ठुलो अनियमितता र चलखेल गरेको भन्दै चर्चाको बिषय बनेको छ।
जसपाको कोटाबाट अध्यक्ष बनेका हासमी आफुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काङ्ग्रेस पार्टीको लिडर नजिक बन्न प्रयासमा छन् तर हासमी बिबादित र भ्रष्टाचारी छवीकै कारण हासमीलाई कसैले नपत्याएको रौतहटका पत्रकार सतेन्द्र सिंहको दाबी छ।
अर्को तिर प्रदेशमा सुशासन ल्याउनको लागि बनेको सिके राउत नेतृत्व जनमत पार्टीको सरकारले आफ्नो पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको छ।
कहिले पत्रकार र कहिले समाजसेबी माथि खनिने अध्यक्ष हासमी प्रदेशका बर्तमान स्वास्थ मन्त्री सत्रुधन सिंहलाई रिझाएर आफु चोखो पुष्टि हुने खेलमा लागि परेका छन् ।
अस्पताल जस्तो ठाउँलाई अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयले अध्यक्ष हासमीलाई बर्खास्तको माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेम चन्द्र झाले गौर अस्पतालको भ्रष्टाचार र अनियमितताको छानबिन भए मेडिकल सुपरिटेन्डेन्ट ,लेखापाल र अध्यक्ष स्वयं जेल जाने आरोप लगाउनु भएका छन् ।
अध्यक्ष झाले टायल्स ,औसधि खरिद ,न्यानो झोला,अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको छानबिन भए मेसु देखि अध्यक्ष जेल जाने भन्दै सामाजिक सन्जालमा अभिव्यक्ति दिएका छन् ।
गौर अस्पतालमा जाने गरेका सेवाग्राहिलाई प्राईबेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमी कै हात रहेको सेवाग्राहीहरुको गुनासो छ।
अस्पताल बिकास समितिले अस्पतालको बिकास नगरि आफ्नो ब्यक्तिगत बिकास गर्न लागेपछि स्थानीय असन्तुष्ट बन्नु स्वभाबिक रहेको गौरका समाजसेबी अभिमन्यु गुप्ताले बताउनु भएका छन् ।
गुप्ताले अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट माथि लागेका भ्रष्टाचार बारे छानबिन गरि आजिवन काराबासको समेत माग गरेका छन् ।
यस विषयप्रति प्रदेश सरकार गम्भिर भएर नलागे सरकार पनि यस धन्दामा समलग्न रहेको पुस्टि हुने गौरका प्रबुद्ध बर्गको भनाई छ। यस विषयमा अध्यक्ष हासमी संग सोधपुछ गर्न खोज्दा सम्पर्क हुन सकेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…