राजर्षि जनक विश्वविद्यालयको स्वीयू चुनावमा नेविसंघको बलियो पक्कड

२०८१ श्रावण १६ बुधबार
बिहान १०:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोली विहिबार हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बलियो पक्कड जमाएको छ । 

राजर्षि जनक विश्वविद्यालय जनकपुरमा भोली साउन १७ गते हुने प्रथम स्वीयू निर्वाचनमा नेविसंघबाट त्रिलोक यादवले सभापति पदको लागि उम्मेदवारी दिएका छन् । सो कलेजमा अध्ययनरत ४ सय बढी विद्यार्थी मतदातामध्ये नेपाली काँग्रेस पृष्ठभूमि रहेको घरबाट रहेकोले नेविसंघको पक्कड बलियो मानिएको छ । 

यता, लोकतान्त्रिक विद्यार्थी संघले समेत आफ्नो कडा मिहिनेतलाई विश्वविद्यालयमा दर्साएका छन् । माहौल अनुसार नेविसंघ र लोविसंघबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । ४५० बढी मात्र मतदाता विद्यार्थी रहेको चुनावमा विभिन्न राजनीतिक दलका विद्यार्थी सँगठनले उम्मदवारी दर्ता गराएपछि झिनो मतान्तरले जीतहार हुने सम्भावना अधिक छ ।

सोही क्रममा विद्यार्थी जनमत संघको गुपचुप चुनावी अभियानले नेविसंघ र लोविसंघलाई समेत मात दिने योजना बुनेको हो । मधेश प्रदेशमा जनमतको सरकार रहेको छ । यद्यपी, राजर्षि जनक विश्वविद्यालय नेपाली काँग्रेस पृष्ठभूमिको मतदाता विद्यार्थीको गढ मानिन्छ । 

जसपा समर्थित विद्यार्थी सँघले समेत कडा मिहिनेत गरिरहेका छन् । यीनीहरुको बीचमा पृष्ठभूमि अनुसार नेविसंघले बाजी मार्ने सम्भावना प्रबल देखिएको छ । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८१ श्रावण १६ बुधबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus