कमला नगरपालिकामा पनि कित्ताकाट सुरु
उनले कमला नगरपालिका भित्रका बासिन्दाले कित्ताकाट रजिष्ट्रेशन गर्नुपरेमा सम्बन्धित वडा कार्यालयमा गई सिफारिस गराएर मालपोत तथा नापी कार्यालय जनकपुरमा गएर कित्ताकाट गराउन सकिने व्यवथा मिलाएको बताए ।

२०८१ साउन १५ मंगलबार, बिहान ९:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा जग्गाको कित्ताकाट कार्य सुरु भएको छ ।
नगरपालिकाले राजपत्र प्रकाशित गर्दै नेपाल सरकारको ऐन, नियम र राजपत्र बमोजिमको अधिनमा रही नगरपालिकाको विभिन्न वडाबाट कित्ताकाटको लागि सिफारिस लिन सकिने बताए ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले सोमबारदेखि नै जग्गाको कित्ताकाट सुरु भएको बताए । उनले अब मालपोत र नापी कार्यालय मार्फत सो कार्य गराउन सकिने बताए ।
कमला नगरपालिकाका प्रशासन शाखा प्रमुख बीरेन्द्र कुमार सढानले नगरपालिकाले केन्द्र सरकारको अनुमति आदेश र राजपत्र बमोजिम विगत दुई बर्षदेखि रोकि राखेको जग्गाको कित्ताकाट सोमबारदेखि नै सुरु गरिएको बताए ।
उनले कमला नगरपालिका भित्रका बासिन्दाले कित्ताकाट रजिष्ट्रेशन गर्नुपरेमा सम्बन्धित वडा कार्यालयमा गई सिफारिस गराएर मालपोत तथा नापी कार्यालय जनकपुरमा गएर कित्ताकाट गराउन सकिने व्यवथा मिलाएको बताए ।
कृषियोग्य जग्गामा जथाभावी घर निर्माण, संरचना निर्माण कार्य भईरहेकोमा कित्ताकाट सुरु भएपछि अब खेतियोग्य जग्गामा संरचना निर्माणको कार्यमा समेत न्यूनिकरण हुने विश्वास लिइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…