न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी जनमत संघबाट उम्मेदवारी दिएका सभापतिका उम्मेदवार शशिकान्त मण्डलले कलेजको बेतिथि हटाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यही साउन १७ गते विहिबार हुन गईरहेको राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा विश्वविद्यालय मातहतका कलेजको बेतिथि सुधारको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।
उम्मेदवारहरुको भिजनको सन्दर्भमा न्यूज ब्यूरोले गरेको संक्षिप्त कुराकानीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघबाट उनले राजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएका हुन् ।
कानुन विषयका विद्यार्थी समेत रहेका मण्डलले सो विश्वविद्यालय अन्तर्गतका कलेजमा देखिएको विभिन्न सेक्टरको बेतिथिलाई सुधारको लागि कुशल नेतृत्वको आवश्यकता औल्याउँदै आफूलाई जिम्मेवारी दिए बेतिथि चाँडै हटाउने प्रतिवद्धता जाहेर गरे ।
उनले मधेश प्रदेशमा जनमतको सरकार रहेको र पहिलेभन्दा अहिलेको सरकारको नीति, कार्यक्रम, योजनाहरु अन्यभन्दा फरक र जनमुखी रहेको बताउँदै कलेजको स्वीयू निर्वाचनमा पनि आफूहरुको नेतृत्व आए सोही अनुसार कार्य सँचालन हुने बताए । उनले आफ्नो प्यानलको लागि भोँट माग्दै कलेजको विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन आग्रह गरे ।
भारतको राजधानी दिल्लीमा शक्तिशाली बम विस्फोट, मोहमद उमर पक्राउ
- २०८१ श्रावण १५ मंगलबार
न्यूज ब्यूरो, काठमाडौं / नयाँ दिल्ली | भारतको राष्ट्रिय राजधानी दिल्लीको लालकिला नजिक सोमबार साँझ (नोभेम्बर १०) भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।
पूरा पढ्नुहोस्






