
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा मिर्चैया नगरपालिकामा आज नेपाली कांग्रेस मिर्चैयाले यस आर्थिक बर्ष २०८०/८१ को सम्पुर्ण योजनाहरुको सूचना माग गरेको छ । नेपाली कांग्रेसका प्रदेश सभापति धनेश्वर यादवको नेतृत्वमा आज दिनको ११ बजे मिर्चैया नगरपालिकामा लिखित सूचना माग गरेको हो ।
मिर्चैया नगरपालिकाले नगरपालिका भित्र बिना सूचना बोड टासी , नामका लागि उपभोक्त समिती बनाई, करोडौंको योजना जस्तै भैंसी बितरण, ढलान, कुखुरा बितरण, हास, बोडिङ्ग र नगरपालिका मा तोडफोड गरेको झ्याल, ढोकाहरु मर्मत समहारमा चरम भ्रष्टाचार गरेको आरोप लगाउदै सूचनाको हम संबंधित २०६४ को दफा ३ बमोजिमको सूचना माग गरेको नेपाली कांग्रेसका नगर सभापति रमेश न्यौपानेले बताए ।
मिर्चैया नगरपालिका भित्र मिर्चैयाका मेयरले सम्पुर्ण आयोजनामा आफ्नो गोजिको मान्छेलाई नामको लागि उपभोक्त बनाई करोडौं रकम चलखेल गरेको नेपाल तरुणदल मिर्चैयाका नगर सभापति रामबिलेश्रन यादवले बताए ।
आज मिर्चैया नगरपालिकामा सूचना अधिकारी गणेश गुप्तालाई सूचनाको पत्र बुझाउदै , यदि हामिले मागेको सूचनाको प्रतिबेदन नाअएमा हामी अर्को चरण चाल्न बाध्य हुने छौ सभापति धनेश्वर यादव लगायत कांग्रेसका कार्यकर्ताहरुले बताउछन् ।
मिर्चैया नगरपालिकामा सूचना दर्ता गर्ने अधिकृत समेत कार्यालय समयमा नहुदा आमनागरिकलाई धेरै नै दुस्खद हुने भएको एक सेवाग्राहीले बताए । नियमित अधिकृत पनि गर्मी छल्न बाहिर हिडेको सोही कार्यालयको एक कर्मचारीले बताए ।
NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित
- २०८१ श्रावण १४ सोमबार
सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ । एनआइसी एसिया बैंक गोलबजार शाखाले
पूरा पढ्नुहोस्