जनकपुरको जानकी आँखा अस्पताललाई प्रदेश मन्त्रालय अन्तर्गत ल्याउने तयारीः मन्त्री सिँह
गत साउन १० गते सर्वदलिय र सर्वपक्षिय बैठक बसेर ११ गते बोलाईएको अर्को बैठकबाट आईतबार साउन १३ गते ताला खोल्ने सहमति भएको थियो । सोही अनुसार, मन्त्री सिँहको नेतृत्वमा गएको प्रदेशस्तरीय टोलीले विधिवत ताला खोलेको हो ।

२०८१ साउन १३ आइतबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यमन्त्री सत्रुधन प्रसाद सिँहले विवादित जानकी आँखा अस्पतालको विवाद साम्य पार्न प्रदेश मातहत ल्याउने तयारी थालिएको बताएका छन् ।
विगत एक सातादेखि जानकी आँखा अस्पतालमा चुलिएको विवाद मिलाउँदै मन्त्री सिँहले अस्पताललाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालय ल्याउने तयारी गरिएको बताए । जानकी आँखा अस्पतालमा भएको तालाबन्दीलाई आईतबार दिउँसो आफैँ पुगेर ताला खोलेका मन्त्री सिँहले अस्पताललाई निर्वाध सँचालनको लागि प्रदेश मातहत अन्तर्गत ल्याउने तयारी थालिएको बताए ।
गत साउन १० गते सर्वदलिय र सर्वपक्षिय बैठक बसेर ११ गते बोलाईएको अर्को बैठकबाट आईतबार साउन १३ गते ताला खोल्ने सहमति भएको थियो । सोही अनुसार, मन्त्री सिँहको नेतृत्वमा गएको प्रदेशस्तरीय टोलीले विधिवत ताला खोलेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवको नेतृत्वमा प्रदेशस्तरीय छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश हुने मन्त्री सिँहका स्वकीय सचिव रोशन सिँह कुशवाहाले जानकारी दिए ।
जनकपुरको आँखा अस्पतालमा विगत केही दिनदेखि विवादपछि अस्पतालको अवस्था डगमडोल भएको हो । मन्त्रीको टोलीले समान्य बनाउने प्रयास गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…