
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कम्प्यूटर अपरेटरहरु पुनः आन्दोलित भएका छन् । आईतबार कम्प्यूटर अपरेटरहरुले लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाएको हो ।
“अब आश्वासन होईन, स्थायी रोजगार देउ” मूल नारासहित कम्प्यूटर अपरेटरहरुले लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवलाई ज्ञापन पत्र बुझाएको हो ।
मधेश प्रदेशमा रिक्त रहेको कम्प्यूटर अपरेटर पदहरुमा विज्ञापन खुल्ला गरी कर्मचारी भर्ना गर्न भन्दै ज्ञापन पत्र बुझाएको हो । विभिन्न समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग मधेश प्रदेशसहित अन्य निकायमा समेत ज्ञापन पत्र बुझाएपनि हालसम्म कार्यन्वय नभएको भन्दै कम्प्यूटर अपरेटरहरुले पुनः लोकसेवा आयोगमा ध्यानाकर्षण गराएको हो ।
कम्प्यूटर अपरेटर ईन्दु सिँहको अगुवाईमा गएका कम्प्यूटर अपरेटरहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सिरहामा खातुनको होटलमा प्रहरीको छापामारी, ब्राउन सुगर ड्रग्ससहित दुई पक्राउ
- २०८१ श्रावण १३ आइतबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रहरीले एक होटलमा छापामारी गरेपछि लागुऔषध बरामद भएको छ । मँगलबार सिरहाको औरही गाउँपालिका वडा नम्बर २ बनिनियाँ बस्ने ईसराफिल राइनकी श्रीमति बर्ष ३० की नगिरा
पूरा पढ्नुहोस्