प्रतिबन्धित औषधी बेच्ने एक औषधी पसले पक्राउ

२०८१ श्रावण ११ शुक्रबार
रति ९:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, विराटनगर । मोरङको एउटा फार्मेसी ९औषधि पसल०बाट प्रतिबन्धित औषधिको कारोबार भइरहेको पाइएको छ । 

प्रतिबन्धित औषधि किनबेच हुने फार्मेसीमा प्रहरीले छापा हानेको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित जनसेवा मेडिकल नामक फार्मेसीमा शुक्रबार दिउँसो १ बजेतिर प्रहरीले छापा मारेको हो । 

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ (प्रहरी नायव निरीक्षक) प्रवीण खड्का नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा छापा हान्दा फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ । 

फार्मेसीबाट प्रेगाबलिन क्याप्सुल ३ सय २० ट्याब्लेट, स्पासरेट १ सय ५२, ट्रमाडोल ३ सय ९ र डिकोलिक २ सय ११ ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएका औषधिको कारोबार फार्मेसीबाट हुने गरेको पाइएको छ । 

प्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फार्मेसी सञ्चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ श्रावण ११ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus