जनकपुरको जानकी आँखा अस्पतालमा एमाले र काँग्रेसको बुरी नजर, बिच्चलीमा विरामी
सभापति सिंहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटना बारेमा किटानीसहितको जोहरी प्रहरीले दर्ता गर्न नमानेको बताए । एमालेका कार्यकर्ता भएकै कारण दबाबले प्रहरी जाहेरी दर्ता गर्न नमानेको आरोप छ ।

२०८१ साउन ११ शुक्रबार, बिहान ८:२१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अझै बिना दर्ताको सँचालनमा रहेको जनकपुरधामको जानकी आँखा अस्पतालमा एमाले र काँग्रेस पार्टीको कालो नजर लागेको छ ।
जनकपुरको रामानन्दचोकस्थित रहेको यस क्षेत्रको एक मात्र आस्था जानकी आँखा अस्पतालमा नेपाली काँग्रेसका केही नेता र एमालेका केही नेताहरुको स्वार्थपूर्ण नजरको कारण बिग्रिदै गएको छ ।
जानकी आँखा अस्पतालका अध्यक्ष समेत रहेका नरेश प्रसाद सिँहको एकल शासनले बदनाम जानकी आँखा अस्पतालमा बितण्डा मच्चेको छ । नरेश प्रसाद सिँहमाथि अपारदर्शी , स्वेच्छाचारी ,नातावाद ,कृपावादका भरमा नियुक्ति ,हटाउने जस्ता क्रियाकलाप गरी आफ्नो कब्जामा राखेको आरोप छ ।
विहिबार गरिएको पत्रकार सम्मेलनको क्रममा केही दिन अगाडी आँखा अस्पतालका चिकित्कस डा. आशिष बोहरामाथि एमालेका सुरेन्द्र भण्डारीले गरेको कुटपिटको प्रयासलाई एमालेका कार्यकर्ता भर्तीको लागि दबाब भएको ईसारा गरिएको थियो । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा पसेर डा. बोहरामाथि गरिएको आक्रमण प्रयास एमाले पार्टीसँग आवद्ध केही कर्मचारीलाई स्थापना गराउने दबाब भएको ईसारा गरिएको थियो ।
सुरेन्द्र भण्डारी एमालेसँग आस्था राख्छन भने अस्पतालका वर्तमान अध्यक्ष नरेश प्रसाद सिँह नेपाली काँग्रेससँग आस्था राख्छन् । नेपाली काँग्रेसको प्रभुत्व रहेको जानकी आँखा अस्पतालमा चिकित्सकहरुमा समेत राजनीतिक दलिय भावना उत्पन्न भएपछि विवाद चुलिएको हो ।
जानकी आँखा अस्पतालमा प्रशासनदेखि उपचार , चिकित्सक बहालीदेखि तलब र भत्ता , औषधि खरिदमा अनियमितता , चश्मा दाखिला, हस्तक्षेप, सञ्चालक समितिका पदाधिकारी भित्रको द्वन्द्व एवं बेथितिको मारले अस्पतालको साखमाथि प्रश्नचिन्ह लागेको छ ।
सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समिति र जानकी आँखा अस्पतालले विहीबार अलग– अलग पत्रकार सम्मेलन गर्दा अस्पतालका विवादका छालहरु देखिएका छन् । संघर्ष समितिले अस्पताल परिसरमै घर्ना दिंदै प्रशासन कक्षमा तालाबन्दी गरेका छन् भने अस्पतालका मेडिकल डाइरेक्टरको नेतृत्वमा सेवा नै ठप्प हुनेगरी अस्पतालमा तालाबन्दी गरेका छन् ।
संघर्ष समितिका संयोजक एवं पूर्वमन्त्री रामसिंह यादव अस्पताल कानुनी प्रक्रियाअनुसार सञ्चालन नभइ अस्पतालका सभापति नरेशसिंहले एकलौटी रुपमा आफ्ना मान्छेहरुलाई राख्न खोजेको, रेडक्रस सोसाइटीको सदस्यता वितरणमा मनोमानी गरेका कारण अस्पतालको गौरवमाथि नै प्रश्न चिन्ह लागेकाले बेथिति विरुद्ध संघर्ष गर्नु परेको स्पष्ट गरे । उनले अस्पतालका सभापति सिंह अस्पतालबाट ३ करोड़ रुपैया नेपाल रेडक्रस सोसाइटीमा पठाइ केन्द्रलाई आफ्नो प्रभावमा पारी आफू अनुकुल केन्द्रबाट निर्णय गराइ व्यापक भ्रष्टाचार गरेको , लक्ष्मण साह कानुले आँखा अस्पतालका लागि दिएको जग्गा सभापति सिंहले नै भोगचलन गरिरहेको , प्रशासनिक सहायक तह पाँचौमा कार्यरत दीपेन्द्रकुमार सिंहले अस्पतालका मेडिकल डाइरेक्टर डा. आशीष बोहरालाई आफ्नो प्रभावमा लिइ बिना निर्णय नियम विपरीत का.मु. प्रशासकीय अधिकृत बनाएको बताए ।
त्यस्तै अस्पतालका मेडिकल डाइरेक्टर डा. बोहराले अस्पतालमा नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट काज सरुवामा केन्द्रका लेखा अधिकृत सचिन राउतलाई बोलाई तलबमा पचास प्रतिशत विशेष भत्ता थप गरी अस्पतालको स्रोत साधनको दुरुपयोग गरिरहेको आरोप पनि संघर्षरत पक्षको छ ।
अस्पतालका चश्मा पसलका कर्मचारीको मिलेमतोमा २०८० सालको बैशाख २ गते खरिद आदेशमा दश लाख रुपैयाँ बराबरको चश्मा खरिद नगरिकन जबर्जस्ती स्टोर दाखिला गराइ रकम भुक्तानी गरेको पाइएको कोयाध्यक्ष धीरेन्द्रमोहनले बताए । आर्थिक नियमावली , कानुनी प्रक्रिया विपरीतका कार्य प्रयोजनमा आफू हस्ताक्षर गर्न नमानेपछि सभापति सिहले आफूलाई हस्ताक्षरको अधिकारबाट बञ्चित गरेको कोषाध्यक्ष झाको भनाइ छ ।
डा. सन्तोष साह र डा. अमित यादवले मेडिकल डाइरेक्टर डा. बोहराले श्रम शोषण गरेको तथ्यलाई स्वीकार नगर्नु बिडम्बना भएको बताए । सभापति सिंह र डा. बोहराले चिकित्सकहरुको भनाइमा सत्यता नरहेको स्पष्ट गर्दे डा. सन्तोष अहिले पनि इन्टर्नसीप अन्तर्गत रहेको , डा. अमित यादवको करार समाप्त र रञ्जना ठाकुरको दोहोरो भत्ता सम्बन्धी प्रसँगलाई मिथ्यापूर्ण ढंगले प्रचार गरिेएको गुनासो गरे ।
सभापति सिंहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटना बारेमा किटानीसहितको जोहरी प्रहरीले दर्ता गर्न नमानेको बताए । एमालेका कार्यकर्ता भएकै कारण दबाबले प्रहरी जाहेरी दर्ता गर्न नमानेको आरोप छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…