मोहर्रममा ताजिया खेल्ने युवकहरुको उच्छृँगल गतिविधि, छठ घाटको श्रीसप्तामा चप्पल जुत्ता
रौतहटको राजपुर कुडिया छ्ठ घाटमा देखिएको भिडियोको दृश्यले एक समुदायमाथि प्रहार गरिएको देखिएको छ । हिन्दु धर्मावलम्बीहरुले पूजन गर्ने श्रीसप्तामा चढेर उनीहरुले प्रशासनलाई चुनौति दिएको देखिएको हो ।

२०८१ साउन ३ बिहीबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मुस्लिम समुदायको मोहर्रम पर्वको अवसरमा रौतहटमा केही जनाले उच्छृँगल गतिविधि गरेको पाईएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं. २ को कुडियास्थित रहेको छठ घाटको श्रीसप्तामा चढेर जुत्ताले कुल्चेको भिडियोहरु बाहिरिएपछि उनीहरुले जानी जानी उच्छृँगल गतिविधि गरेको बताईन्छ ।
हिन्दु धर्मालम्बीहरुको आस्थामा चोट पुरयाउने गरी मुस्लिम समुदायका केही युवकहरुले जानी जानी श्रीसप्तामा चढेर जुत्ताले कुल्चेको भिडियोमा देख्न पाईन्छ । धार्मिक सहिष्णुता कायम रहोस भन्ने हिन्दु समुदायले उनीहरुलाई दाहा, ताजिया खेल्न सहयोग गरेपनि मुस्लिम समुदायका केही युवकहरुले यस्ता गतिविधि गरेका हुन् ।
रौतहटको राजपुर कुडिया छ्ठ घाटमा देखिएको भिडियोको दृश्यले एक समुदायमाथि प्रहार गरिएको देखिएको छ । हिन्दु धर्मावलम्बीहरुले पूजन गर्ने श्रीसप्तामा चढेर उनीहरुले प्रशासनलाई चुनौति दिएको देखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…