रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, ४ जना पक्राउ

२०८१ असार २७ बुधबार
बिहान १०:४२ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।

ईशनाथ  ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ का सहबाज मिया आलमको पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ईशनाथ २ औरेया स्थित आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर गएराति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमान्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमान्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घटना स्थलमा पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन्।

युवकको जघन्य हत्या भएको खबर अनुसार राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी सहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो।

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मङ्गलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्यामा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन् ।  उनीहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको अनुमान छ ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

६ बुँदे माग राखी सिरहाको औरही गाउँपालिकामा जनमतको ज्ञापन

  • २०८१ असार २७ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा बेतिथि बढदै गएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।  बुधबार गाउँपालिकाको कार्यालय पुगेर जनमतका नेता कार्यकर्ताहरुले विभिन्न मागहरु

पूरा पढ्नुहोस्

Bureau Menus