सप्तरीः अधिकांश बजेट पालिका अध्यक्षकै आफन्तलाई
अहिले सप्तरीमा कार्यरत नयाँ पुस्ताका पत्रकारहरुलाई दक्षताको आवश्यक्ता छ । यसतर्फ कुनै किसिमको चासो नदेखाई जसलाई पायो त्यसलाई सहभागी गराएर बजेट कुम्ल्याउने नीति राखेर पत्रकारिताको नाम बदनाम गर्ने गरेको आरोप छ ।

२०८१ असार २० बिहीबार, दिउँसो ४:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको एक स्थानिय तहमा अध्यक्षले अधिकांश बजेट आफ्ना आफन्तमै दिदै आएको आरोप लगाईएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरूण कुमार मंडलले पालिकाको अधिकांश बजेट आफ्नो परिवार बादमे सिमित राखिएको स्थानिय शिवनाथ यादवले बताए ।
यादवका अनुसार पालिका वाड नम्बर ६ स्थित निर्माधिन वाड कार्यलय , वाड नम्बर २ को माटो ग्राईभेल,ढलान र पलिकाको विभिन्न बजेटमा उहाँकै परिवार वाद नतेदार सिमित रहेको टिप्पणी गरे ।
उनले पुनः जोडे नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष सर्वन देवले ८ बजे राति आफ्नो फेसबुक वालमा लेखे आदरणीय तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलसहितका जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीज्यू । पत्रकारितालाई मजाक नबनाइदिन अनुरोध गर्दछु ।
आफन्तलाई बजेट दिएर पत्रकारिताको नाममा तालिम
अहिले सप्तरीमा कार्यरत नयाँ पुस्ताका पत्रकारहरुलाई दक्षताको आवश्यक्ता छ । यसतर्फ कुनै किसिमको चासो नदेखाई जसलाई पायो त्यसलाई सहभागी गराएर बजेट कुम्ल्याउने नीति राखेर पत्रकारिताको नाम बदनाम गर्ने गरेको आरोप छ ।
यस सन्दर्भमा पालिका अध्यक्ष मण्डललाई सम्पर्क गर्दा उनको फोन उठेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…