प्लेट रिपेयरपछि झोलुँगे पुल पुनः सँचालनमा

२०८१ असार ९ शनिबार
बिहान ०८:४८ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । अधिक लोडका कारण केही बेर बन्द गरिएको झोलुँगे पुल पुनः सँचालनमा आएको छ । 

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठाल मल्हनीयाँस्थित निर्माण गरिएको धनुषा र सिरहा जोडने लामो झोलुँगे पूलको एक प्लेट भाँचिएपछि शुक्रबार दिनभरि पूलमा आवतजावत बन्द गरिएको थियो । 

झोलुँगे पूललाई पर्यटकीय हिसाबले घुम्न आउँदा अधिक चाप हुने गरेको छ । त्यसमाथि पनि आवतजावतको लागि मोटरसाईकलको समेत चाप बढेपछि प्लेटमा समस्या आएपछि बन्द गरिएको स्वयंसेवकमा खटिएका विनोद मण्डलले बताए । उनले शुक्रबार नै प्रावधिक लगाएर प्लेट रिपेयर गरेपछि पुल पुनः सँचालनमा आएको बताए । 

उनले पूलको दुवै तर्फ अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि जिल्ला प्रशासन कार्यालय धनुषासँग माग गरिएपनि अझै वेवास्ता गरेको कारण पूलमा क्षति हुन सक्ने सम्भावना रहेको बताए । 

यता, ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्जले प्रहरीको सँख्या कम रहेको कारण त्यहाँ डयुटीमा खटाएपनि अस्थायी प्रहरी पोष्ट राख्न सक्ने अवस्था नरहेको बताए । 

पुललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आगन्तुकहरुबाट केही शुल्क लगाउनुपर्ने धारणा राखिएको छ । त्यहाँ आउने मोटरसाईकल पार्किँग, पूलमा आउने आन्तरिक वा बाह्य पर्यटकलाई केही शुल्क लिन सुरु गरे पूल बचाउन गर्न सकिने देखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ असार ९ शनिबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus