जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी मृत फेला
सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

२०८१ जेठ ३१ बिहीबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।
कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।
सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…