
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको एकताको प्रथम महाधिवेशन सोमबारदेखि जनकपुरधाममा हुँदैछ ।
महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको र अतिथि तथा सहभागीहरु जनकपुरधाम आइतबार अवेर राति सम्म पुगि सकेका छन् । कार्यक्रममा सहभागी हुने विशिष्ठ अतिथिहरु सोमबार आउने जनाइएको छ ।
महाधिवेशनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुलाई आमन्त्रण पठाइएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दिल्ली रहेका कारण उनी आउन नसक्ने जनाइएको छ ।
जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापित पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव आउने भएका छन् ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले नेकपा एमाले र नेकपा माओवादीलगायतका दलबाटसमेत नेताहरु महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुने बताए । यस महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई समेत निम्तो दिएको प्रवक्ता सुमनले बताए । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन बुधबार हुनेछ । जसपा नेपालको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको छ ।
सो कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशन, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोमबार दिउँसो २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सो उपर निर्णय गरिनेछ । जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ ।
सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी
- २०८१ जेठ २८ सोमबार
न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा
पूरा पढ्नुहोस्