काँग्रेस बिना अहिलेको सरकारको आयू छैनः नेता ढुँगाना

२०८१ जेठ २३ बुधबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले वर्तमान सरकारलाई नेपाली काँग्रेस बिना कुनै आयू नरहेको बताएका छन् । 

मँगलबार धनुषाधामस्थित सहिद ठाकुर प्रसाद ढुँगानाको ६१ औँ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता ढुँगानाले काँग्रेस बिनाको सरकार आयूहिन रहेको बताए । 

राष्ट्रिय सभा सदस्य समेत रहेको नेता ढुँगानाले देशको सबभन्दा ठुलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसले पनि कुनै दलसँग गठबन्धन गरी सरकार बनाउने तयारीमा रहेको जानकारी दिए । 

श्रद्धाञ्जली कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली काँग्रेसका नेता रामसरोज यादव, प्रदेश साँसद शेषनारायण यादव, धनुषाधामका मेयर बालेश्वर मण्डल, उपमेयर विद्यादेवी भुजेल लगायत काँग्रेसका नेताहरुको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८१ जेठ २३ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus