नक्कली सर्टिफिकेट पेश गरी नोकरी खाएका महोत्तरीका एक शिक्षकको जागिर चैट्ट
नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए । उनले नक्कली विवरण पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

२०८१ जेठ २२ मंगलबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएको आरोपमा साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए । उनले नक्कली विवरण पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…