जनमतका साँसद यादवउपर सप्तरीमा भएको लाठीचार्जको छानबिन गर्न सहमत
बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए । उनका अनुसार उक्त समितिमा नरहेका दललाई समेत छानबिन प्रयोजनका लागि सदस्यको रुपमा प्रतिनिधित्व गराइनेछ ।

२०८१ जेठ २१ सोमबार, राति ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने सहमति भएको छ ।
आजको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गर्दै कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानबिनको माग गरेको थियो ।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छानबिन समितिको विषयमा सबै दलका नेतालाई राखेर छलफल गरेका थिए ।
छलफलका क्रममा जसपा नेपालका सांसदहरुले २०८१ वैशाख ४ मा प्रदेशसभाभित्र घटेको घटनाको पनि छानबिन हुनुपर्ने अडान राखेको र त्यसमा जनमत पार्टी सहमत भएपछि कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाभित्र भएको घटनाको छानबिन गर्ने सहमति भएको हो ।
बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए । उनका अनुसार उक्त समितिमा नरहेका दललाई समेत छानबिन प्रयोजनका लागि सदस्यको रुपमा प्रतिनिधित्व गराइनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…