धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा गुणस्तरियहिन काम, असारे चटारोमा बजेट झ्वाम्म पार्दै
अन्यत्रै रहेको सो योजना अरर्बा देखि सोहनीको बाटोमा ल्याएर प्राविधिक त्रुटीमै ढलान सुरु गरेको हो । आरसिसि ढलानको लागि माटो पुरेर कडा पार्ने भनिएपनि रोलर नै नचलाएर ढलान सुरु गरिएको हो । खुकुलो माटोमा रड लगाएर ढलान सुरु गरिएको हो । मापदण्डमा राखिएको स्टीलको साईज, स्टील बन्धनको साईज, सिमेन्ट समेत कमसल र गुणस्तरीयहिन प्रयोग गरेको बताईएको छ ।

२०८१ जेठ २० आइतबार, बिहान ११:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित गुणस्तरीयहिन कार्य भईरहेको गुनासो स्थानीयहरुले गरेको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सोहनीस्थित भईरहेको आरसिसि ढलानको क्रममा गुणस्तरीयहिन वस्तु प्रयोग गरेको आरोप छ । अरर्बादेखि सोहनी जाने बाटोमा भईरहेको आरसिसि ढलानको क्रममा प्राविधिक त्रुटीमै ढलान सुरु गरिएको हो ।
अन्यत्रै रहेको सो योजना अरर्बा देखि सोहनीको बाटोमा ल्याएर प्राविधिक त्रुटीमै ढलान सुरु गरेको हो । आरसिसि ढलानको लागि माटो पुरेर कडा पार्ने भनिएपनि रोलर नै नचलाएर ढलान सुरु गरिएको हो । खुकुलो माटोमा रड लगाएर ढलान सुरु गरिएको हो । मापदण्डमा राखिएको स्टीलको साईज, स्टील बन्धनको साईज, सिमेन्ट समेत कमसल र गुणस्तरीयहिन प्रयोग गरेको बताईएको छ ।
मापदण्डमा आवश्यक बमोजिम रड प्रयोग नगरेको, मसाला कमसल प्रयोग गरि रातराती ढलान गरी बजेट झ्वाम्म पार्ने दाउमा रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…