शहिदनगरमा विदा सम्बन्धि एकै दिन दुई अलग अलग सूचना, अभिभावक र विद्यार्थी अलमलमा
यता, नगर प्रमुखले पहिलो सूचना प्रकाशित भएपछि अर्को सूचना त्यसलाई सच्याउने गरी प्रकाशित गरिएको जनाए । उनले विहान ९ः३० बजेसम्म मात्र विद्यालय सँचालन गरी पठन पाठन गराउन सूचना गरिएको जनाए ।

२०८१ जेठ १७ बिहीबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा एकै दिन दुई अलग अलग सूचना जारी गरिएपछि विद्यार्थी र अभिभावक अलमलमा परेका छन् ।
अत्यधिक गर्मी बढेपछि धनुषाको विभिन्न समुदायिक तथा नीजि विद्यालयहरुले विदा दिने घोषणा गर्न थालेपछि नगर प्रमुख दिनेश प्रसाद यादवले समेत विदाको घोषणा गरे । केही बेरपछि पुनः नगर प्रमुखकै हस्ताक्षर रहेको अर्को सूचनामा विदा नरहेको भनेर सूचना आएपछि अलमलमा परेको हो ।
शिक्षा शाखाको तर्फबाट जारी गरिएको प्रथम सूचनामा १७ गतेदेखि २० गतेसम्मको लागि विदा दिइएको भनेर उल्लेख गरियो भने लगत्तै अर्को सूचनामा विहान ९ः३० बजेसम्म मात्र विद्यालय खोल्न पाउने सूचना जारी गरेपछि अझै अभिभावक र विद्यार्थीहरु पढन जाने वा नजानेमा अलमल्लिएको छ । उनीहरुमा विदा छ वा छैन भनेर कन्फर्म गरिएको छैनन् ।
यता, नगर प्रमुखले पहिलो सूचना प्रकाशित भएपछि अर्को सूचना त्यसलाई सच्याउने गरी प्रकाशित गरिएको जनाए । उनले विहान ९ः३० बजेसम्म मात्र विद्यालय सँचालन गरी पठन पाठन गराउन सूचना गरिएको जनाए ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…