पत्रकार महासंघ धनुषामा पार्टीका कार्यकर्तालाई पनि सदस्यता, 'प' लेख्न नजान्ने छोरी श्रीमति पनि पत्रकार
विभिन्न राजनीतिक पार्टीको सँगठनसँग आवद्ध रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका पदाधिकारीहरुले आ–आफ्नो मान्छे राखेर भोँट असुल्ने कार्य गर्दै आएका छन् । राजनीतिकर्तामाथि सधैँ प्रश्न तेर्साउने चौथो अंग मानिने महासंघसँग आवद्ध पत्रकारहरुको यी कर्तुतले सिँगो सँचार जगतको छवि धुलाम्य भएको छ ।

२०८१ जेठ १६ बुधबार, बिहान ८:५० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महसंघ धनुषा शाखाकी वर्तमान अध्यक्षको कार्यकाल विवादपूर्ण रहयो । सदस्यता शुद्धिकरण समेत गर्न नसकेकी वर्तमान अध्यक्ष मनिका झाको आफ्नै पदाधिकारीहरुसँग कहिल्यै चुर मिलेनन् । जसको परिणाम धनुषा शाखामा अहिले देशैभरिको महासंघभन्दा अधिक बेतिथि देखिएको छ ।
निरन्तर विवादमै रहँदै आएको नेपाल पत्रकार महासँघ धनुषा शाखामा चुनाव नजिकिएपछि केन्द्रीय कार्यालयबाट जारी भएको सदस्यता सूचिमा पार्टीका कार्यकर्ताहरुलाई समेत सदस्यता वितरण गरिएको छ ।
पत्रकारिता क्षेत्रमा सक्रिय नै नरहेको विभिन्न राजनीतिक पार्टीका व्यक्तिहरुलाई सदस्यता दिएपछि महासंघको पदाधिकारीको कर्ततु छत्ताछुल्ल भएको छ । भोंटको राजनीतिक दलझै पार्टी प्रवेश गराउने प्रचलन अनुरुपै आफ्नो मान्छेलाई सदसयता वितरण गर्ने प्रणाली लगाएपछि पत्रकार महासंघप्रतिको विश्वास न्यून भएको अवस्था छ ।
महासंघको केन्द्रीय कार्यालयले जारी गरेको सदस्यतामा नेपाली काँग्रेस, एमाले, जसपा, माओवादीका कार्यकर्ताहरुलाई समेत सदस्यता वितरण गरिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका काँग्रेसका नगर उपाध्यक्ष अजय साहलाई सदस्यता नविकरण गरिएको छ । सोही नगरपालिकामा रोजगार संयोजकको पदमा समेत कार्यरत साहलाई महासंघले सदस्यता नविकरण गरिदिएको हो ।
यस्तै, नेपाली काँग्रेस पार्टीकै प्रफुल्ल घिमिरेलाई समेत सदस्यता दिइएको हो । काँग्रेस निकट मानिएका राहत शिक्षकमा कार्यरत किशोर कुमार मण्डललाई सदस्यता दिइएको देखिएको छ ।
भोला यादव, धीरेश दत्त पेशाले शिक्षक हुन् । पत्रकार महासंघको चुनावमा भोट बैँक बनाउनको लागि शिक्षकहरुलाई समेत महासंघको सदस्यता प्रदान गरिएको देखिएको छ ।
सोही क्रममा जसपाकी कार्यकर्ता पुष्पा यादव र स्मृति मिश्रलाई समेत सदस्यता दिइएको देखिएको छ । पत्रकार महासंघको केन्द्रीय कार्यालयले जारी गरेको धनुषा शाखाको सूचिमा नयाँ सदस्यतातर्फ जसपाको भातृ सँगठनसँग आवद्ध पुष्पा यादव र स्मृति मिश्रलाई सदस्यता प्रदान गरिएको छ । स्मृति मिश्र गोरखापत्रमा कार्यरत हुन् । पुष्पा यादव प्रदेश सरकारको चलचित्र विकास बोर्डकी सदस्य पनि हुन् ।
महासंघले पत्रकारिता नै नरहेको पूर्व सँचारकर्मी प्रविण साहकी श्रीमति चन्दा साहको सदस्यता नविकरण गरेको हो । प्रविण साह अमेरिकन कम्प्यूटर सेन्टरका सँचालक समेत हुन् ।
सोही क्रममा चुरोट बेच्ने संजीव साहलाई समेत सदस्यता दिइएको छ । पसलमा चुरोट सप्लायर्सको काम गर्दै आएका संजीव साहलाई पत्रकार महासंघले सदस्यता दिएको हो । पत्रकारितामा सक्रिय नै नरहेका अकुल प्रसाद साह (व्यापारी) लाई सदस्यता दिएको हो । यद्यपी, आफ्नो मान्छेको सदस्यताको लागि मँगलबार पत्रकार महासंघ धनुषा शाखामा तालाबन्दी उनले नै गर्न गएका थिए । अकुल प्रसाद साह भूमिगत पत्रकारको नामले चिनिन्छन् ।
नयाँ सदस्यतामा पत्रकार उपेन्द्र भगत नागवंशीकी छोरी कुरमुर नागवंशीलाई पनि सदस्यता दिइएको देखिएको छ । समाचार क्षेत्रमा कार्यरत नै नरहेकी बन्दना नायकलाई पनि सदस्यता दिइएको छ । यद्यपी, उनीहरुले भने आफू पत्रकार रहेको दाबी गर्दै आएकी हुन् ।
विभिन्न राजनीतिक पार्टीको सँगठनसँग आवद्ध रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका पदाधिकारीहरुले आ–आफ्नो मान्छे राखेर भोँट असुल्ने कार्य गर्दै आएका छन् । राजनीतिकर्तामाथि सधैँ प्रश्न तेर्साउने चौथो अंग मानिने महासंघसँग आवद्ध पत्रकारहरुको यी कर्तुतले सिँगो सँचार जगतको छवि धुलाम्य भएको छ ।
केन्द्रीय कार्यालले जारी गरेको सदस्यता सूचिमा देवताकुमारी झा, सँतोष कुमार मिश्र, धीरेन्द्र झा, मो. हासिम राईन, हरिवंश यादवलाई समकक्षता आवश्यक भनेर कैफियत पठाएको हो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…