जातीय राजनीतिको चक्कीमा पिसिल्दै सिरहा राजपुरको सरकारी स्कूल
प्र अ सत्रुधन यादव स्टाप मिटिङ्ग गरी काजमा बिष्णुपुर गाउँपालिका वडा नं १ गोरीपुर स्कुलमा गएपछि नियमित प्र अ प्रदिप यादवलाई बनाएको थियो । नियमकानुनले नियमित प्र अ पवन दास हुनु पर्नेमा जातयि दम्भ र जातीय राजनीतिक आडमा प्रदीप यादवलाई बनाईयो । वि.सं. २०८० माध २१ गते विद्यालय व्यवस्थापन समितिको चुनाव भएपछि प्रदिप यादव, जयनन्दन यादव, सिता पासमान र मनिसा यादव निर्वाचित भएपछि विद्यालयको अवस्था झन विग्रिदै गएको गुनासो स्थानीयहरुको छ ।

२०८१ जेठ १२ शनिबार, बिहान १०:५२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको विष्णुपर गाउँपालिका वडा नम्बर २ राजपुरस्थित रहेको जनता माध्यमिक प्राविधिक विद्यालय जातीय राजनीतिको चक्कीमा पिसिल्दै गएको छ ।
कुनै बेला समुदायिक विद्यालयहरुमा चर्चामा रहँदै आएको मावि राजपुरमा जातीय दम्भ र जातीय आडमा विद्यालयलाई जतभूमि बनाइएको हो । विद्यालयमा अहिले नातेदार भर्ना अभियान नै चलाइएको कारण बालबालिकाहरुको भविष्य दाउमा लागेको छ ।
तत्कालिन प्रधानाध्यापक रामसेवक यादवको पालामा बनेको विद्यालय व्यवस्थापन समितिमा जातीय दम्भ देखाउँदै दुई जनालाई गैर कानुनी रुपमा नियुक्ति गरेको थियो । त्यो दिनदेखि नै विद्यालयमा बज्रपात सुरु भएको बताईन्छ ।
वि.सं. २००७ सालमै स्थापना भएको यो विद्यालयमा तत्कालिन प्रअ रामसेवक यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर यादवले आफ्नै नातेदार पर्ने दुई जना रामसागर यादव र सरोज यादवई अस्थायी नियुक्ती दिएको थियो । पछि रामसागरले स्वास्थ्यतर्फ लोकसेवाबाट नाम निकालेर गयल भएपछि सरोज यादवलाई स्थायी गरिएको थियो ।
गत २०७२ सालमा प्रअ राम सेवक यादवकै पालामा फुलगेन यादवको अध्यक्षतामा अर्को विद्यालय व्यवस्थापन समिति निर्माण भएपछि अनेकौ बाधा अडकाउ फुकालियो तर जातीय राजनीति र जातीय दम्भको आधारमा पहुँच भए अनुसार केही शिक्षक शिक्षिकाहरुलाई सोही अनुरुप हटाईयो जसको फलस्वरुप विद्यालयमा पढाईको त्राहिमाम मच्यो ।
रामसेवकले पावर र पहुँचकै आधारमा रामरतण यादव प्रदिप यादव ,मोहन यादव कविता यादव र श्याम किसोर यादवलाई नियुक्ति दिँदै उनको कुरा नमानेकी शिक्षिका सरिता यादवलाइ हटायो । त्यसपछि सुरु भएको विवाद अझै साम्य भएको छैनन् ।
विद्यालय व्यवस्थापन समिति बनेपछि स्थानीयहरुले पटक पटक हरहिसाब माग्दा पटक पटक विवाद हुँदै आएको सो विद्यालयको अवस्था अहिले जटिल बन्दै गएको छ ।
स्थानीय सरकार गठन भएपछि बनेको विष्णुपुर गाउँपालिकाको प्रथम अध्यक्षमा जागेश्वर यादव निर्वाचित भएपछि उनले आफ्नो कब्जामा लिएर लुटनसम्म लुटेको आरोप स्थानीयहरुको छ ।
विद्यालयको पोखरी, जग्गा, जमिन, कमाउ जमिन र सम्पतिहरुसहित विधालय भवन भुकम्पिय सुरक्षा कार्यक्रम अन्तर्गत एसएसडिपी केन्द्रले १५ लाख रुपैयाँ प्रदान गरेपनि तत्कालिन गाउँपालिका अध्यक्ष जागेश्वर यादवले त्यसलाई डाईभर्ट गरी आधारभूत विद्यालयमा रकमान्तर गरेको थियो । विद्यालय सुधारको लागि आएको रकम अन्यत्रै गएपछि विद्यालयमाथि झन बज्रपात भएको थियो ।
प्र.अ.राम सेवककै पालमा तेस्रो पटक विद्यालय व्यवस्थापन समिति गठन भयो जसमा दिनेश यादव ,प्रदिप यादव ,बुलोदेबी यादव र प्रमिला यादव लगायतका चार सदस्यहरु मनोनित भयो । केहि दिनमा प्र अ राम सेवक यादव अवकास पाए । अवकाशपछि निमित्त प्रअको जिम्मेवारी सोही विद्यालयका जागेश्वर कामतिलाई दिएपनि जातीय समिकरणमा नपरेको कारण उनलाई हटाएर शिवदयाल यादवलाई बनाएको आरोप छ ।
विद्यालयमा नयाँ प्रअको रुपमा सत्रुधन यादवलाई भित्र्याएपछि विवाद सुरु भएको थियो । त्यसपछि विद्यालय व्यवस्थापन समितिबीच आफैँ भागवण्डा नमिलेपछि निरन्तर विवाद हुँदै आएको छ । जातीय समिकरणमा सबै एकै जातीका परेपछि उनीहरुलाई भागवण्डामा आफ्नो अडान कायमपछि विवाद सुरु भएको थियो । सो क्रममा नयाँ समितिका अध्यक्ष दिनेश यादवलाई प्रहरीसँग थुन्न लगाएर दम्भ समेत प्रदर्शन गरिएको थियो ।
बुलोदेवीको अध्यक्षतामा केहि मिटिङ्गहरु पनि सुरुवात भयो तर शिक्षक नियुक्ति गर्न पाएन । बिष्णुपुर गाँपाका तत्कालिन अध्यक्ष जागेशवर यादवले विद्यालय व्यवस्थापन समिति सदस्य बुलोदेबी यादवको छोरा रामबिनय यादवलाई पालिकाले प्राबिधिक शिक्षक कमप्युटर अपरेटरमा नियुक्ति गरेपछि भागवण्डा मिलेको बताईन्छ ।
प्र अ सत्रुधन यादव स्टाप मिटिङ्ग गरी काजमा बिष्णुपुर गाउँपालिका वडा नं १ गोरीपुर स्कुलमा गएपछि नियमित प्र अ प्रदिप यादवलाई बनाएको थियो । नियमकानुनले नियमित प्र अ पवन दास हुनु पर्नेमा जातयि दम्भ र जातीय राजनीतिक आडमा प्रदीप यादवलाई बनाईयो । वि.सं. २०८० माध २१ गते विद्यालय व्यवस्थापन समितिको चुनाव भएपछि प्रदिप यादव, जयनन्दन यादव, सिता पासमान र मनिसा यादव निर्वाचित भएपछि विद्यालयको अवस्था झन विग्रिदै गएको गुनासो स्थानीयहरुको छ ।
नयाँ विद्यालय व्यवस्थापन समिति बनेपछि निरन्तर विवादमै रहँदै आएको जनता मावि राजपुरमा अहिले शिक्षक शिक्षिकाको अभावको कारण अध्ययन अध्यापन समेत हुन पाएको छैनन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…